IME Life New

अन्तर्राष्ट्रिय बीमा जागरण दिवस: बीमामा पहुँच बढाउन राज्यको भूमिका

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। आज जुन २८ तारेख, अन्तर्राष्ट्रिय बीमा जागरण दिवस १ जुलाईमा अधिकांश बीमा सम्झौताहरु अन्तर्राष्ट्रिय रुपमा नविकरण गरिने भएको हुँदा सूचकको रुपमा २८ जुलाईमै जागरण दिवस मनाउने गरिएको विश्वास छ। विशेषगरी वार्षिक रुपमा गरिने पूनर्बीमा सम्झौता, निर्जीवन बीमा सम्झौताहरु जुलाई १ नविकरण गर्ने प्रचलन रहेको छ।

बीमाबारे सचेतना र बीमामा पहुँच दुबैको दृष्टीकोणले दक्षिण एशियाली मुलुकपछि परेको छ। विश्वमा औसत ३ प्रतिशत जनसंख्या बीमाको सुरक्षा भित्र समेटिएको छ। तर नेपाल लगायत दक्षिण एशियाली मुलुकमा बीमामा सर्वसाधारणको पहुँच अझैसम्म पनि सन्तोषजनक हुन सकेको छैन।

Crest

कूल जनसङ्ख्यालाई कूल बिक्री भएको बीमालेखले भाग गरेर बीमा समितिले बीमामा सर्वसाधारणको पहुँचको गणना गर्दै आएको छ। तर यो औसत तथ्याङ्कले बीमामा पहुँच नभएका बहुसंख्यक जनसंख्यालाई न्याय गर्दैन। कूल गार्हस्थ उत्पादनमा बीमा क्षेत्रको योगदान कति छ भन्नेमा पनि समितिले मिथ्याङ्क जारी गरेर आत्मप्रशंसा गरेको छ।

एकातिर शिक्षित वर्ग नै बीमा प्रति सशंकित रहेको छ। भने अर्कोतर्फ बीमाको महत्वबाट बेखबर जनसंख्या पनि उत्तिकै छ। बीमालाई राज्यले पछिल्लो समयमा महत्व दिएको छ। लघु बीमा मार्फत् सर्वसाधारणमा बीमाको पहुँच पुर्याउने उद्देश्यले लघु बीमा कम्पनी संचालनको लागि इजाजत दिने तयारी गरेको छ। कृषि बीमामा ७० प्रतिशत अनुदान उपलब्ध गराइरहेको छ। आयकर गणनामा जीवन बीमा शुल्क वापत ४० हजार रुपैयाँ सम्मको छुट घोषणा गरेको छ।

गरिबीको रेखामुनि रहेका जनसंख्यालाई राज्यले बीमाको सुरक्षा छातामुनि ओत दिने व्यवस्था गर्नुपर्छ। स्वास्थ्य बीमा कार्यक्रमलाई देशव्यापी बनाएपनि यसको संचालन सन्तोषजनक हुन सकेको छैन। बीमा दाबीको विषयलाई लिएर स्वास्थ्य संस्था र सेवालाई लिएर बीमितले व्यापक असन्तुष्टि जनाएका छन्।

प्राकृतिक विपत्ति बढ्दै गइरहेको समयमा सरकारले अनिवार्य बीमा मार्फत् आफ्नो वित्तीय भार न्यूनीकरण गर्न सक्छ। र नागरिकप्रतिको जिम्मेवारी पनि पुरा गर्न सहज हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS