IME Life New

अन्ततः काठमाडौं बाहिर जान दिने निर्णय रद्द, घर जान नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सरकारले राजधानी काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई घरसम्म पुग्न दिने निर्णय केही घण्टापछि रद्द गरेको छ । घर जाने दिने सम्बन्धमा तयारी हुँदै गर्दा सो निर्णय रद्द भएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक ई. गोगन बहादुर हमालले भने, ‘काठमाडौं उपत्यका बाहिर जाने निर्णय भएको थाहा छैन, छलफलसम्म भएको सुनेको हो, कुनै तयार छैन बाहिर ननिस्कनुहोला ।’

उता, महानगरीय ट्राफिक प्रहरी कार्यालयले पनि निर्णय भएको जानकारी नआएको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालय एसपी जीवन कुमार श्रेष्ठले भने, ‘निर्णय भएको छैन, हामीलाई थाहा छैन, कुनै पनि गाडी चल्न दिँदैनौं ।’ सूत्रका अनुसार आज बसेको कोरोना रोग नियन्त्रण सम्बन्धी उच्च स्तरीय बैठकको निर्णय गृहमन्त्रालयमा पुगेर मातहतका निकायमा निर्देशन जारी गर्ने समयमा स्थगित भएको हो ।

Esewa
Crest

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर पठाउने निर्णय रद्द गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS