IME Life New

अध्यादेशमार्फत दिइएको छुट सुविधा लिन अनलाइनबाट निवेदन दिन कम्पनीहरुलाई आह्वान

SPIL
Office of the Company Registrar
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले अध्यादेशमार्फत दिइएको छुट सुविधा उपभोग गर्न कम्पनीहरुलाई अनलाइनबाट निवेदन दिन आह्वान गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत कम्पनी रजिस्ट्रारको कार्यालयले आज एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो। ‘नेपाल राजपत्र (भाग २, खण्ड ७४, अतिरिक्ताङ्क ४८) मा प्रकाशित आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत कम्पनी ऐन, २०६३ मा भएको संशोधन अनुरुप छुट तथा सुविधा सम्बन्धमा यस कार्यालयबाट माघ ८ गतो सूचना प्रकाशन भएको थियो’, सूचनामा भनिएको छ, ‘सोही सन्दर्भमा उक्त सुविधा लिन इच्छुक कम्पनीले अनलाइन प्रणालीमार्फत निवेदन दिनुपर्नेछ।’

Esewa
Crest

निवेदन दिँदा आवश्यक विवरण अध्यावधिक गरी कागजात पेस गर्नुपर्ने हुँदा अनलाइन प्रणालीमा आफ्नो कम्पनीको विवरण दुरुस्त रहेको सुनिश्चित गर्नुहुन तथा प्रचलित कानुनबमोजिम आवश्यक पर्ने कागजात तथा विवरण तयार गर्न कार्यालयले सूचित गरेको छ।

यस्ता छन् तयार गर्नुपर्ने कागजात तथा विवरण

१. अनलाइन प्रणालीमा कम्पनीको आधारभूत विवरणहरु (जस्तै कम्पनीको प्रकार प्यान नम्बर, ठेगानालगायत) दुरुस्त रहेको यकिन गर्ने।

२. कम्पनीको शेयर संरचना (अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी लगायत) अनलाइन प्रणालीमा दुरुस्त रहेको यकिन गर्ने।

३. कम्पनीका शेयरधनीहरुको आधारभूत विवरण तथा शेयर संख्या अनलाइन प्रणालीमा अध्यावधिक गर्ने।

४. कम्पनी ऐनको दफा ८१ को उपदफा (१) बमोजिमको म्याद भित्र उपदफा (२) मा उल्लेख भए बमोजिम दफा ५१, दफा ७८, दफा ८०, दफा १२०, दफा १३१ वा दफा १५६ बमोजिमको विवरण, सूचना, जानकारी वा जवाफ पेस गर्न बाँकी विवरण तयार गर्ने।

५. कम्पनी ऐन, २०६३ मा तोकिएबमोजिम विवरण पेस गर्न र कम्पनी खारेजी गर्नका लागि कम्पनीको जुन तह (साधारणसभा वा विशेष साधारण सभा वा सञ्चालक समिति वा अन्य) बाट निर्णय हुनुपर्ने हो, सोही बमोजिमका निर्णयहरु भएको हुनुपर्ने।

६. माथि नं. ४ बमोजिम विवरण तयार गर्दा वार्षिक रुपमा तयार गर्नुपर्ने विवरण प्रत्येक आर्थिक वर्षको बेग्ला बेग्लै फाइलमा तयार गर्ने।

७. छुट सुविधा लिन इच्छुक कम्पनीले यस कार्यालयको कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणालीमार्फत आर्थिक वर्षअनुसार पेस गर्नुपर्ने विवरण बेग्ला–बेग्लै निवेदनबाट पेस गर्नुपर्नेछ।

८. कार्यालयवाट प्रत्येक कम्पनीका छुटसम्बन्धी सबै निवेदनहरु एकैपटक जाँच गरी निवेदन किनारा लगाउने प्रवन्ध गरिनेछ।

९. दर्ता खारेजीको छुट सुविधा लिनका लागि माथि उल्लेखित विवरणसहित देहायका थप विवरण तयार गर्नेः

क. कम्पनीको पुँजी संरचना अनलाइन प्रणालीमा दुरुस्त रहेको यकिन गर्ने।

ख. दर्ता खारेजी सम्बन्धमा कम्पनीको साधारणसभाको निर्णय।

ग. माथि (ख) बमोजिम साधारणसभा आह्वान गर्न वा कम्पनीको साधारणसभामा दफा ७३ बमोजिम गणपूरक संख्या नपुगेकोले साधारणसभा बस्न नसकेकोमा उपस्थित सञ्चालक वा शेयरधनीले त्यस्तो कम्पनीको खारेजीका लागि गरेको निर्णय।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS