IME Life New

अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने ललितपुर प्रशासनको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ललितपुर जिल्लाभर भोलि आइतबारदेखि अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा अर्को सुचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको दर अत्यधिक रुपमा बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भीडभाड अत्यधिक भई संक्रमण सेवाग्राहीहरुमा समेत फैलनसक्ने उच्च जोखिम रहेका कारण कोभिड १९ ले भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनजर गरी अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको ललितपुर प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभित्र अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु प्रवाह स्थगित गरिने जनाएको छ ।

Esewa
Crest

कोभिड १९ संकट व्यवस्थापन केन्द्र(डिसीसीएमसी), सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय समेतसँगको छलफल, परामर्श एवम् निष्कर्षमा यस्तो निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS