IME Life New

अत्तरिया-चमेलिया प्रसारण लाइन सञ्चालनमा, सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत आपूर्ति सूचारु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। अविरल वर्षापछि सेवा अवरुद्ध भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ ।

तीन दिनको वर्षाले विभिन्न स्थानमा रुख ढल्दा भएको अवरोधलाई हटाएर बिहीबारबाट प्रसारण लाइन सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पर्ने अधिकांश भागमा विद्युत आपूर्ति सूचारु भएको छ ।

Crest

तीन दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन तथा विजुली सेवा अवरुद्ध भएको थियो ।

बाढी पहिरोको सूचना समयमै नपाउँदा पीडितलाई उद्धार गर्न सकिएको थिएन । समयमै उद्धार गर्न नसक्दा थप जनधनको क्षति व्यहोर्न परेको स्थानीय प्रशासनले जनाएको छ ।

तर, अवरोधलाई हटाएर विजुली तथा टेलिफोन सेवा सूचारु भएसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS