IME Life New

अझै चार जीवन बीमा कम्पनीले बुझाएनन् एक्चुअरी भ्यालुएसन, नेपाल लाइफ सहित ११ वटाको स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिमा अझै चार जीवन बीमा कम्पनीले एक्चुअरी भ्यालुएसनको रिपोर्ट बुझाउन सकेका छैनन् । समितिका अनुसार आर्थिक वर्ष २०७६/७७ को एक्चुअरी भ्यालुएसन रिपोर्ट राष्ट्रिय बीमा संस्थान, गुँरास लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले बुझाएका छैनन् ।

यस बाहेक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सहित केहि कम्पनीको स्वीकृत भइसकेको छ । तर युनियन लाइफ इन्स्योरेन्स कम्पनीको भने स्वीकृत हुन बाँकी छ । बीमा समितिमा सन नेपाल लाइफ र आइएमई लाइफको पनि स्वीकृत हुने चरणमा छ ।

Esewa
Crest

अहिलेसम्ममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्सकम्पनीले बीमितका लागि बोनशदर घोषणा गरिसकेका छन् ।

तर गत आर्थिक वर्ष २०७७/७८ को लागि भने कुनै पनि कम्पनीले प्रकृयाँ नै अगाडी बढाएका छैनन् । आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन नबनाइ २०७७/७८ को काम सुरु नै हुँदैन । तर साधारणसभा गरिसकेका केहि कम्पनीहरुले पनि भित्रि रुपमा आवस्यक प्रकृयाँ अगाडी बढाउन सक्ने छन् ।

जीवन बीमा कम्पनीहरुको एक्चुअरी भ्यालुएसनका लागि एक्चुरीको अभाव हुँदै आएको छ । विदेशी एक्चुरी सँग भर पर्नु पर्ने भएकाले जीवन बीमा कम्पनीहरुले कहिले पनि समयमा मूल्याङ्कन गर्न सकेका छैनन् । यस वर्ष कोभिड १९ का कारण विदेशी एक्चुअरी कन्सल्ट्यान्टले नेपाली बीमा कम्पनीहरुलाई प्राथमिकता नदिदा पनि यस्तो अवस्था सिर्जना भएको हो । कतिपय बीमा कम्पनीको पुरानो सम्बन्धी भएका पुराना एक्चुअरीको कोभिड १९ का कारण मृत्यु हुँदा त्यसको असर देखिएको छ । नयाँ एक्चुअरी तथा ठुला कन्सल्ट्यान्टले विश्वका अन्य देशका कम्पनीहरुलाई बढि प्राथमिकता  दिदा नेपाली कम्पनीहरुले यस वर्ष काम लिन सकेनन् ।

एक्चुअरी भ्यालुएसन स्वीकृत भएका ६ कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को नाफबाट लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गर्नेमा एलआइसी नेपाल, एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ र सूर्या लाइफ इन्स्योरेन्स छन् ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर १९ गते १४ औं वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस र ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको १२ दशमलव ७ प्रतिशत बोनश र ० दशमलव ६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । त्यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीको पुस ११ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित गरेको हो ।

एशियन लाइफ इन्स्योरेन्सले शेयररधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनश र २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । ज्योति लाइफ इन्स्योरेन्सले कम्पनीले शेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनश र ५ दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

एलआइसी नेपालले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनश शेयर र १ दशमलव ०५२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS