IME Life New

अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, ३० करोड रुपैयाँको आइपीओ ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा सम्पन्न भएको हो ।
सभामा इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गर्नुपर्ने ३० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन सहित अन्य प्रस्ताव पारित गरेको छ । साधारण सभामा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पेश भएको छ ।
सभामा संस्थापक शेयरधनीहरुको ततर्फबाट प्रतिनिधित्व गर्ने ४जना सञ्चालक निर्वाचन भएका छन् । निर्वाचन भएका ४ जना सञ्चालकहरुमा आजाद श्रेष्ठ, राम बहादुर गुरुङ, कल्याण गुरुङ र चिरञ्जीवी द्वा निर्वाचित भएका हुन् ।
सभामा कम्पनी नियमावलीको नियममा संसोधन गर्ने तथा उक्त संसोधनमा कम्पनी रजिष्ट्रारको कार्यालय, बीमा समिति वा नियामक निकायबाट आएको निर्देशन अनुरुप आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।
साथै, सभामा आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, एनएफआरएस प्रतिवेदन, सञ्चालकहरुको बैठक भत्ता वृद्धि तथा आव २०७५/०७६ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव उपर छलफल गरि पारित भएको छ ।
बीमा समीतिले निर्जिवन बीमा कम्पनीहरुलाई न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ। सोही अनुरुप हाल संस्थापकबाट ७० प्रतिशत हिस्सा बराबरको ७० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याइसकेको कम्पनीले ३० करोडको साधारण शेयर जारी गरेर बीमा समितिले तोके अनुसारको चुक्ता पूँजी पुर्याउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS