IME Life New

अजोड इन्स्योरेन्सको क्षेत्रीय कार्यालय पोखरामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


अजोड इन्स्योरेन्स कम्पनीले पोखरामा आफ्नो क्षेत्रिय कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।  कम्पनीले यस अघिनै पोखरामा आफ्नो सेवा सुरु गरिसकेको थियो । कार्यक्रमका प्रमुख अथिति बीमा समतिका अध्यक्ष चिरन्जिबि चापागाई र कम्पनीका सन्चालक आजाद श्रेष्ठले संयुक्त रुपमा क्षेत्रीय कार्यालयको उद्घाटन गरेका छन्।कार्यक्रममा पोखराका बिभिन्न उद्योगी, ब्यापारी तथा बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य वक्तब्य दिनुहुँदै अजोड इन्स्योरेन्स कपनीका क्षेत्रीय कार्यालयका प्रमुख गोपाल प्रसाद पौडेलले, कार्यालय औपचारिक रुपमा सुरु नहुँदै पनि छोटो समयमानै धेरै अगाडी बढ्न सफल रहेको तथा एउटा खुड्किलो पार गरिसकेको र जनताको यस्तै माया तथा विश्वास पाएको खण्डमा अझ घेरै अगाडी बढ्ने बिश्वास गर्नुभयो ।

Esewa
Crest

अजोड इन्स्योरेन्सको उदेश्य भनेको छिटो छरितो सेवा दिने, विजनेस लिने मात्र नभई सेवा पनि चुस्त दिने रहेको बताए ।
कार्यक्रममा बोल्नुहुँदै, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले कम्पनी २०७५ आषाढ २१ गते बाट औपचारिक रुपमा सुरु भएको कम्पनीले छोटै अवधीमा देशैभरि शाखाहरु खोलेर सेवा विस्तार गर्न सफल भएको बताए । उहाँले उक्त इन्स्योरेन्समा १०४ जना संस्थापक सेयर धनी रहेको तथा सम्पुर्ण सेयरधनीहरु यस क्षेत्रमा लामो समयदेखि काम गर्दैआउनुभएका तथा अनुभवि रहेकोले कम्पनीले राम्रो तथा स्तरिय सेवा दिने कुरामा जोड दिए । त्यस्तै कम्पनीको चुक्ता पूँजी एक अर्व रहेको जसमा सत्तरी करोड संस्थापक सेयरधनीबाट आएको र बाँकी तिस प्रतिशत भने आइपिओ जारी गरि पुरा गरिने जानाकारी दिए।

शुभकामना मन्तब्य दिने क्रममा बिभिन्न बक्ताहरुले बोल्नुहुँदै कम्पनी छोटो समयमा नै स्थापीत हुन सकेकोमा बधाई दिँदै छिटो छरितो तथा स्तरिय सेवा दिनेमा विश्वास ब्यक्त गरे । यस्तै अधिकांश वक्ताहरुले इन्स्योरेन्स कम्पनिहरुले पोलीसी लिनुपुर्व निकै पछाडी लाग्ने अनि दावी भुक्तानी गर्ने समयमा आनाकानी गर्ने गरेकोले अजोड यसबाट टाढा रहने बिश्वास पनि ब्यक्त गर्दै कंपनिको प्रगतिको लागी शुभकामना ब्यक्त गर्नुभयो । शुभकामना मन्तब्यको क्रममा पश्चिमाञ्चल सर्वेयर एसोसीयनका अध्यक्ष सुरेन्द्र बहादुर गोदार, गण्डकी विकास बैंकका सिइओ रेशम बहादुर थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी लगायतले बोलेका थिए।

त्यस्तै कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी बीमा समितिका अध्यक्ष चिरिञ्जिबी चापागाईले पोखरा इमान्दार व्यवसायीहरुको ठाँउ भएकोले कम्पनीले पनि इमान्दारिता तथा ढुक्कताका साथ कार्य गर्नु पर्ने सुझाव दिनुभयो । त्यस्तै बिगतमा भन्दा नेपालीहरुको जीबन तथा निर्जिवन बीमा क्षेत्रमा धेरै पँहुच बिस्तार भएको पनि बताउनुभयो ।

उहाँले बीमा समितिले दिएका सुझावहरु सरकारले मनन् गर्दै बजेटमा सम्बोधन गरेको बताउँदै वोयदरबेस इन्स्योरेस गराउने पनि बताउनु भयो भने वेदरबेस इन्डेक्स इन्स्योरेन्स जुम्लामा जारी भैसकेको पनि बताए । साथै घुम्ती बीमा परियोजनाको बिषयमा पनि बोल्नुभयो । दाबि भुक्तानीको ढिलाई सम्बन्धमा बोल्नुहुँदै वहाँले त्यस्तो नरहेको यदि भएको खण्डमा बीमा समितिमा निबेदन दिन आग्रह गर्नुभयो साथै अब ४५ दिनभित्रमा दाबि भुक्तानी फर्छ्यौट गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा कम्पनीले ३६५ दिन नै सेवा दिने, फास्ट ट्रयाकबाट दाबी भूक्तानी दिने, कम्पनीको डिजिटल सेवा बिस्तार गर्ने जस्ता बिषयहरुमा जानाकारी दिइएको थियो।

कार्यक्रमको समापन तथा धन्यबाद ज्ञापन गर्नुहुँदै कार्यक्रमका सभापति आजाद श्रेष्ठले, कम्पनीसंग सम्बन्धीत बिषयहरुमा थप स्पष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS