IME Life New
GBIME

४० शाखा विस्तार गर्दै सिटिजन्स लाईफ इन्स्योरेन्स बीमा बजारमा…

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा व्यवसाय संञ्चालनको अनुमति पाएको छ । कम्पनीले कार्तिक १ गते बीमा समितिबाट कारोबार संञ्चालनको अन्तिम स्वीकृति लिएको हो ।अनौपचारिक कारोबार शुरुवात गरीसकेको कम्पनीले अबको केही दिनमै औपचारिक रुपमा कारोबार संञ्चालन गर्ने बताएको छ । काठमाडौँको थापाथलीमा कर्पोरेट कार्यालय रहने कम्पनीले चालु आर्थिक बर्षभित्रमा ४० वटा शाखा विस्तारको अनुमती पनि प्राप्त गरेको छ !

Crest

हालसम्म समितिबाट व्यवसायको अन्तिम स्वीकृती लिएका कम्पनीमध्ये आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले गत भदौ १ गते देखि कारोबार सुरुवात गरीसकेको छ । युनियन लाईफ इन्स्योरेन्स र सन नेपाल लाईफ इन्स्यारेन्स कम्पनीले गत असोज ६ गते देखि कारोबार संञ्चालन गरिसकेका छन् । त्यसैगरि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले असोज ८ गते कारोबार संञ्चालन गरेको हो । त्यस्तै, रिलायवल लाईफ इन्स्योरेन्स कम्पनीले असोज २९ गते देखि कारोबार संञ्चालन गरीसकेको छ । सिटिजन लाइफ इन्स्योरेन्समा प्रदिपजंग पाण्डे, वीरेन्द्रबहादुर बस्नेत, कैलाशप्रसाद सिरोहिया, विकास जबरा, आङ छिरिङ शेर्पा, पृथ्वीराज पाण्डे, सुधीरबाबु खत्री, ताराचन्द्र खेतान, पशुपति मुरारका र रामेश्वर थापा संस्थापक लगानीकर्ता छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS