IME Life New

जीवन बीमा पोलिसी लिँदा यी ५ कुरामा अवश्य ध्यान दिऔँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा पोलिसी लिनु वास्तवमै चुनौतीपूर्ण कार्य हो। बिना सोच–विचार गरी जीवन बीमा पोलिसी सजिलै किन्न हुँदैन। फरक–फरक जीवन बीमा पोलिसीमा भिन्दाभिन्दै लाभ प्रदान गरिएको हुन्छ।

बीमा कम्पनीहरुले मानिसको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न जीवन बीमा पोलिसी बनाएका हुन्छन्। जीवन बीमा गर्नुका धेरै फाइदा हुन्छन्, जुन तपाइँ र तपाइँको परिवारले लिन सक्छन्। यदि तपाइँले जीवन बीमा पोलिसी किन्ने निर्णय गर्नुभएको छ भने केही महत्वपूर्ण कुरालाई ध्यानमा राख्नु आवश्यक छ। हतारमा लिइएको पोलिसीले कहिलेकाहीँ घाटा निम्त्याउन सक्छ।

Esewa
Crest

जीवन बीमा लिनुअघि यी ५ कुरामा ध्यान दिनुपर्छ

बीमा आवश्यकता मूल्यांकन गर्नुपर्छ

पारिवारिक आम्दानीमा तपाइँको योगदान के हो र कति व्यक्ति तपाइँको आयमा आर्थिक रुपमा निर्भर छन्। तपाइँको असामयिक निधनपछि परिवारले खर्च धान्न र ऋण तिर्नका लागि भर पर्न सक्ने केही छ ? यी प्रश्नको जबाफले तपाइँलाई कति कभरेज चाहिन्छ भनेर निर्णय गर्न मद्दत गर्नेछ। जीवन बीमा पोलिसीबारे जानकारी दिन सक्ने बीमा एजेन्टसँग परामर्श गर्नुपर्छ। तपाइँको आवश्यकताहरु मूल्यांकन गर्न मद्दत गर्न सक्ने व्यक्तिसँग पनि परामर्श गर्नुहोस्। मूल्यांकन अभ्यासले खरिद गरेको जीवन बीमा कभरको रकम तपाइँको निधनपछि परिवारलाई पर्याप्त आर्थिक सुरक्षा प्रदान गर्दछ कि भनेर सुनिश्चित गर्नुपर्दछ।

पोलिसीहरुबीच तुलना गर्नुपर्छ

जीवन बीमा पोलिसी खरिद गर्नुअघि विभिन्न कम्पनीहरुको पोलिसीहरुसँग तुलना गर्न नबिर्सनुहोस्। यदि तपाइँ सामान्य अवधि बीमा पोलिसी किन्न योजना गर्दै हुनुहुन्छ भने ९० प्रतिशतभन्दा बढीको दाबी अनुपात भएको कम्पनी छान्नुहोस्। यसबाहेक दुर्घटना भएमा कम्पनीले कति बोनस दिन सक्छ भन्ने पनि जाँच गर्नुहोस्।

आफ्नो क्षमता हेरेर पोलिसी छान्ने

तपाइँको जीवन बीमा आवश्यकताहरु मूल्यांकन गरेपछि वार्षिक प्रिमियमको सर्तमा यसले तपाइँलाई कति खर्च गर्नेछ भनेर निर्धारण गर्नुहोस्। जीवन बीमा पोलिसी किन्नुअघि तपाइँले सम्पूर्ण बीमा अवधिका लागि प्रिमियम तिर्न सक्नुहुन्छ कि भनेर जाँच गर्नुहोस्। टर्म इन्स्योरेन्स पोलिसी तपाइँका लागि उपयुक्त हुनेछ किनभने यो सस्तो छ र तपाइँले यसको प्रिमियम सजिलै तिर्न सक्नुहुन्छ। बीमा खरिद गर्नुको पहिलो लक्ष्य सुरक्षा हुनुपर्छ।

बीमा पोलिसीको भविष्य मूल्यांकन गर्ने

तपाइँको बीमा एजेन्टबाट तपाइँको पोलिसीका सर्तहरु सही रुपमा बुझ्नुपर्छ । यो जान्न धेरै महत्वपूर्ण छ। बीमा पोलिसी किन्नुअघि हरेक सानो कुरा जान्न महत्वपूर्ण हुन्छ। यो पनि हुन सक्छ कि पोलिसीले तपाइँलाई आवश्यकताको समयमा धोका दिन सक्छ।

बीमा कम्पनीको दाबी भुक्तानीको हिस्ट्री बुझौँ

भविष्यमा आवश्यकताको समयमा बीमा कम्पनीले प्रतिज्ञा गरिएको लाभहरु तिर्ने गरी हामी बीमा पोलिसी खरिद गर्छौं। जसरी बीमा कम्पनीले तपाइँको बीमा योग्यता प्रमाणित गर्छ, त्यसैगरी तपाइँले जीवन बीमा कम्पनीको दाबी भुक्तानी अनुपात जाँच गर्नुपर्छ। बीमा कम्पनीले केही दाबीहरु पनि अस्वीकार गर्न सक्छ, त्यसैले तपाइँले यसको पछाडि कारणहरु पत्ता लगाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS