IME Life New

कालिका पावरको १२ करोड रुपैयाँ बराबरको आईपीओ भदौ २८ देखि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

निजी क्षेत्रबाट सञ्चालित कालिका पावर कम्पनी लिमिटेडले भदौ २८ गतेदेखि साधारणसेयर (आईपीओ ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ ।आईपीओ न्युनतम ५० देखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन पाइने छ । कुल निष्कासन मध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको कम्पनीले जनाएको छ ।

Crest

यो आयोजनाको कुल लागत १ अर्ब ३८ करोड रुपैयाँ रहेको छल । २०६९ साल जेठ १६ गते अनुमतिपत्र पाएको यो कम्पनीको आगामी २९ वर्षसम्मको लागि अनुमतिपत्र बहाल रहने छ ।

यो कम्पनीले निष्कासन गरेको आईपीओको यही भदौ २८ गतेदेखि छिटोमा असोज १ र ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिने छ । यसको शेयर आवेदन गर्न काठमाडौं क्यापिटल मार्केट र ग्लोवल आइएमई क्यापिटल लिमिटेडबाट वा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आश्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने उल्लेख छ ।

Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS