IME Life New

हिलटन हाइड्रोको पाँचौ वार्षिक साधारण सभा भदौ २७ गते, यस्ता छन् एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिलटन हाइड्रो इनर्जी लिमिटेडले पाँचौ वार्षिक साधारण सभा भदौ २७ गते शनिबार अपरान्ह १ बजे गर्ने भएको छ । सभा द एभरेष्ट होटल, नयाँ वानेश्वर, काठमाडौंमा गर्ने भएको हो । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/०८४ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समिति बैठकमा उपस्थित सदस्यहरुको बैठक भत्ता परिमार्जन गर्ने , सञ्चालक समिति बैठकको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पूँजीको कर सहित २० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

सभाले सञ्चालक समितिको मिति २०८२ / १० /२६ को बैठकको निर्णय बमोजिम एनएमबी बैंक लिमिटेडबाटLoan Against IPO स्वीकार गर्ने सम्बन्धी निर्णय अनुमोदन गर्ने, सञ्चालक समितिले विभिन्न जलविद्युत आयोजनार कम्पनीमा शेयर लगानी गर्ने सम्बन्धमा गरेको निर्णय अनुमोदन
गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS