IME Life New

काठमाडौंका निजी होस्टेललाई प्रशासनको २१ बुँदे निर्देशन, पालना गर्न एकमहिने समयसीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा सञ्चालित निजी होस्टेल (छात्रावास)का नाममा २१ बुँदे निर्देशन जारी गरेको छ।

विभिन्न प्रकारका घटनाहरु हुन थालेपछि प्रशासन निजी होस्टेलका नाममा कडा निर्देशन जारी गरेको हो। प्रशासनले त्यस्ता होस्टेलहरुमा बेला–बेलामा नियमित तथा आकस्मिक रुपमा अनुगमन पनि गर्दै आएको छ। गुनासो प्राप्त केही होस्टेललाई ३ लाख रुपैयाँसम्म जरिवाना र होस्टेल शिलबन्दी गर्ने कार्यसमेत भएको प्रशासनले जनाएको छ।

Esewa
Crest

होस्टेलमा विद्यार्थीलाई मानवीय व्यवहार नभएको र यातनासमेत दिने गरेको छ, लाग्ने शुल्कभन्दा बढी असुलउपर गर्ने गरेको, कमजोर खालका पूर्वाधार, सरसफाइमा बेवास्ता, स्वच्छता मापदण्ड पूरा नगरेको, सुरक्षा व्यवस्था कमजोर रहेको गुनासो आएपछि यो निर्देशन जारी गरिएको प्रशासनले जनाएको छ। यो निर्देशनमा उल्लेख भएका व्यवस्था एक महिनाभित्र पूरा गर्न पनि प्रशासनले होस्टेलहरुलाई समयसीमा दिएको छ।

छात्रावास_सञ्चालन_सम्बन्धी_अत्यन्त_जरुरी_सूचना_

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS