IME Life New
GBIME

कन्काई विकास बैंकको बार्षिक साधारणसभा मसिंर दशमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कन्काई विकास बैंकको १२औँ वार्षिक साधारणसभा आगामी मंसिर १० गते बस्ने भएको छ । बैंकले आगामी कात्तिक २८ गते बुक क्लोज हुने निर्णय गरेको छ ।

उक्त निर्णय गत कात्तिक १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।सभाले कम्पनीको विभिन्न विशेष प्रस्तावहरु पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम नगद लाभांश र बोनस सेयरको करसहित ३ करोड २५ लाख रुपैयाँ बराबरको लाभांश पारित गर्दै छ ।
त्यस्तै, विकास बैंकको जारी पुँजी वृद्धि गरी ५१ करोड ५० लाख रुपैयाँ र चुक्ता पुँजी वृद्धि गरी ५१ करोड ५० लाख रुपैयाँ पुर्याउने कम्पनीको विशेष प्रस्ताव रहेको छ । सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पुँजी ५० करोडमा एक करोड ५० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने स्वीकृति प्रदान गर्ने छ ।साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु निर्वाचन गर्ने भएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS