काठमाडौं । हिमालयन बैंकको अध्यक्षबाट प्रचण्डबहादुर श्रेष्ठले राजीनामा दिएका छन्।
श्रेष्ठले आज सञ्चालक समितिसमक्ष अध्यक्षबाट राजीनामा दिएका हुन्। उनी लामो समयदेखि बैंकको अध्यक्षको भूमिकामा रहेका थिए।
श्रेष्ठको राजीनामासँगै अब हिमालयन बैंकमा नयाँ अध्यक्ष को आउलान् भन्ने विषयमा चर्चा चल्न थालेको छ। हाल सञ्चालकको भूमिकामा रहेका बैकुण्ठ अर्यालको अध्यक्ष हुने सम्भावना रहेको चर्चा चलेको छ।
अर्याल नेपाल पूर्वमुख्यसचिव हुन्। उनी नेशनल लाइफको प्रतिनिधिको रुपमा सञ्चालक भएका हुन ।












