IME Life New

आर्थिक वृद्धिदर ३.८५% रहने अनुमान, देशका अन्य मुख्य आर्थिक तथा वित्तीय सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२।८३ मा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहेको अनुमान गरिएको छ।

नेपाल राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी जारी प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो। उक्त आर्थिक वृद्धिदर अघिल्लो वर्ष २०८१।८२ को तुलनामा कम हो। अघिल्लो वर्ष आर्थिक वृद्धिदर ४.४३ प्रतिशत थियो।

Esewa
Crest

देशको अन्य मुख्य आर्थिक तथा वित्तीय सूचक

  • २०८३ असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.१४ प्रतिशत र आर्थिक वर्ष २०८२।८३ को औसत मुद्रास्फीति ३.०८ प्रतिशत रहेको छ।
  • कुल विदेशी विनिमय सञ्चिति रु. ३८ खर्ब ९७ अर्ब ६७ करोड रहेको छ। अमेरिकी डलरमा उक्त सञ्चिति २५ अर्ब ३१ करोड पुगेको छ। यस्तो सञ्चिति १९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।
  • चालु खाता रु. ९ खर्ब २३ अर्ब ५६ करोड र शोधनान्तर रु. १० खर्ब २७ अर्ब ०४ करोड बचतमा रहेको छ।
  • समीक्षा अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३७.१ प्रतिशतले र अमेरिकी डलरमा २८.१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको असार महिनाको विप्रेषण आप्रवाह रु.२४२ अर्ब ३३ करोड रहेको छ।
  • निर्यात १३.८ प्रतिशतले र आयात १६.२ प्रतिशतले बढेको छ। नेपाल सरकारको खर्च रु. १५ खर्ब ८२ अर्ब १७ करोड र राजस्व परिचालन रु. १२ खर्ब ४१ अर्ब ३२ करोड रहेको छ।
  • विस्तृत मुद्राप्रदाय १३.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यस्तो मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको थियो।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १३.९ प्रतिशतले वृद्धि भई रु. ८२ खर्ब ७६ अर्ब ९३ करोड पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले वृद्धि भई रु. ५८ खर्ब ५७ अर्ब ६ करोड पुगेको छ।
  • बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१–दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.३२ प्रतिशत रहेको छ।
  • वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ३.२१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.५५ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS