IME Life New
GBIME

इन्स्योरेन्सखबरडटकमको प्रथम वार्षिकोत्सव विशेष: बीमा समिति, बीमा कम्पनी, सर्भेयर संघ, अभिकर्ता संघ र पाठकहरुले दिनुभएको शुभकामना सन्देश

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

चिरञ्जीवी चापाँगाई
अध्यक्ष, बीमा समिति
इन्स्योरेन्सखबरडटकमले विगत एक बर्ष देखि निरन्तर रुपमा बीमा सम्बन्धी जानकारी मुलुक सुचनाहरु सम्प्रेषण गर्दै आएको छ । बीमा क्षेत्रका लागी इन्स्योरेन्सखबरले गरेको कार्य उल्लेखनिय छ । अनलाईन आफनो कार्यकाल एक बर्ष पुरा गरी दुई प्रवेशमा पुरा गरेकोमा शुभकामना दिन चाहन्छु । सञ्चार माध्यम भनेको सुचनाको संवाहक हुन् । इन्स्योरेन्स खबर हालसम्म जसरी काम गर्दै आएको छ । आगामी दिनमा यो भन्दा पनि अझै सक्रिय भएर काम गर्न सकोस भन्ने शुभकामना दिन चाहन्छु । साथै नयाँ बर्षको अवसरमा समेत उत्तर उत्तर प्रगतिको कामना गर्न चाहन्छु ।

Crest

नन्दप्रसाद तिवारी
अध्यक्ष, अभिकर्ता संघ 
इन्स्योरेन्सखबरडटकमले आम सर्वसाधरणलाई बीमाको क्षेत्रमा साक्षर बनाउन सहयोग गरेको छ । बीमाको दायर बढाउन पनि इन्स्योरेन्सखबरले अहम भूमिका खेलेको छ । बीमाको क्षेत्रको विस्तारमा इन्स्योरेन्स खबरले गरेको कार्य प्रसंशनीय नै छ । इन्स्योरेन्सखबर अनलाईन आफनो कार्य अवधिमा एक बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा म र सम्पूर्ण अभिकर्ताको तर्फबाट शुभकामना दिन चाहन्छौ । आगामी दिनमा पनि यस अनलाईनले सहि र सत्य सुचना प्रवाह गर्दै जाओस र सुचनाको क्षेत्रमा अगाडी बढ्न सकोस भन्ने कामना गर्न चाहन्छु । यसका साथै नयाँ बर्षको अवसरमा पनि म शुभकामना दिन चाहन्छौ ।

प्रविण सुवेदी
सभेर्यर, एम.आई गुप्र 
म इन्स्योरेन्सखबर अनलाईन पत्रिकाको नियमित पाठक हु । यो अनलाईन पत्रिकाले विशुद्ध इन्स्योरेन्सको समाचार प्रकाशन गर्दै आएको छ । यसरी इन्स्योरेन्स क्षेत्रलाई मात्रै केन्द्र बनाएर सुचना सम्प्रेषण गर्दै आउँनु नेपालको इन्स्योरेन्सको क्षेत्रको लागि अति नै खुशी कुरा हो । अनलाईन पत्रिका आज आफनो कार्यकालको एक बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेकोमा धेरै शुभकामना दिन चाहन्छौ । आगामी दिनमा पनि यस अनलाईनमा इन्स्योरेन्स सम्बन्धी विविध समाग्री अध्ययन गर्न पाईयोस भन्ने अपेक्षा राख्दै आगामी दिनको लागी उत्तर उत्तर प्रगती कामना गर्दछु । सूचनाको माध्यमबाट बीमाको क्षेत्र इन्सयोरेन्सखबरडटकमले उल्लखेनीय योगदान दिएको छ ।

आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै अघि बढ्ने छ भन्ने अपेक्षा राखेको छु । बीमाको पहुँचको लागि सूचना अपरीहार्य हुन्छ । यो काममा इन्स्योरेन्सखबरडटकमले निरन्तर काम गरिरहेको छ । एक बर्षको अवधिमा बीमा क्षेत्रमा भएका राम्रा पक्ष र यसमा भएका नराम्रो पक्षको बारेमा पनि घचघचाएको छ ।

आगामी दिनमा बीमा क्षेत्रमा भएको राम्रा कामलाई हौसला दिदै नराम्रो कामलाई औल्याउदै अझै राम्रो सूचना प्रदान गर्दै बीमा चेतनामा समेत सहयोग गर्न अपेक्षा राखेको छु । एक बर्ष कार्यकाल सफल रुपमा सम्पन्न गरेकोमा पुन ः इन्स्योरेन्सखबरडटकमलाई शुभकामना व्यक्त गर्दछु ।

रमेश कुमार पोखरेल
कार्यकारी निर्देशक, स्वास्थ बीमा बोर्ड
इन्स्योरेन्स खबरडटकमले बीमाको क्षेत्रका गतिविधिलाई नजिकबाट नियालेको छ । इन्स्योरेन्स सम्बन्धी सुचना सम्प्रेषण गर्दै एक बर्षको कार्य अवधिमा पुरा गरी दोस्रो प्रवेश गरेको छ । यस सुखद अवसरमा पनि इन्स्योरेन्स खबरडट कमलाई धेरै धेरै शुभकामना दिन चाहन्छ । इन्स्योन्स खबरले सूचनाको माध्यमबाट जोखिम न्यूनीकरण गर्न एवंम् बीमाको बारेमा सूसूचीत गराउँदै आएको छ । तपाईहरुको कार्य निरन्तर सफल होस भन्ने पनि शुभकामना दिन चाहन्छु ।

सूर्य बहादुर जोशी
अध्यक्ष, बीमा सर्भेयर संघ
इन्स्योरेन्स खबरडटकमले इन्स्योरेन्स सम्बन्धि सचेतना राम्रोसँग दिई रहेको छ । आमजनमासमा आगामी दिनमा अझै राम्रो गर्दै जाओस । बीमाको क्षेत्रको गतिविधि र सचेतना फैलाउदै जाओस । अनलाईनले एक बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेग गरेकोमा थप सफलताको कामना गर्न चाहन्छ । आगामी दिनमा यस अनलाईनबाट इन्स्योरेन्स सम्बन्धी सहि सुचना र जानकारी पाउँन सकियोस यही अपेक्षा गर्छु ।

रमेश कुमार भट्टराई
कार्यवाहक प्रमुख कार्यकारी अधिकृत,युनाईटेड इन्स्योरेन्स
इन्स्योरेन्स क्षेत्र सधै ओझेलमा पर्दै आएको छ । तर, पछिल्लो समय इन्स्योरेन्स क्षेत्रलाई नै केन्द्रमा राखेर समाचार सम्प्रेषण हुन थालेका छन् । जसमध्ये एउटा इन्स्योरेन्स खबरडट कम पनि हो । इन्स्योरेन्स खबरले विशुद्ध रुपमा इन्स्योरेन्स सम्बन्धी बिभिन्न खालका सुचना तथा जानकारी दिदै आएको छ । इन्स्योरेन्स खबरले सरोकारवालाहरुलाई खबरदारी गर्ने र आम जनतालाई इन्स्योरेन्स सम्बन्धी सचेतना फैलाउँने काम गर्दै आएको छ । इन्स्योरेन्स खबरले आज आफनो कार्यकाल एक बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ । यो अवसरमा पनि अनलाईनलाई मुरी मुरी शुभकामना दिन चाहन्छौ । आगामी दिन अझ धेरै प्रगति गर्दै जाओस । बीमाको क्षेत्रमा सफल सञ्चारमाध्यमको रुपमा परिचत हुन सकोस भन्ने कामना गर्न चाहन्छु ।

नारायणबाबु लोहनी
प्रमुख कार्यकारी अधिकृत, रिलायवल लाईफ इन्स्योरेन्स
नयाँ कम्पनीको प्रवेश सँगै नेपालमा बीमा क्षेत्रमा तरंग आएको छ । तर, अझै पनि मानिसहरु बीमाको बिषयमा सचेत भै सकेको छैनन् । यसमा सम्बन्धीत निकायहरुको पनि कमजोरी पनि होला । तर, आम मानिसलाई बीमा सम्बन्धी चेतना फैलाउँने काम सबैको हो । यसलाई बिषयलाई मनन गरी इन्स्योरेन्स खबरले विगत एक बर्ष देखि आम मानिसलाई बीमा सम्बन्धी सुचना प्रदान गर्दै आएको छ । यो अवधिमा इन्स्योरेन्स खबरले गरेको कार्य प्रसंशनीय छ । अनलाईन आज स्थापनाको एक बर्ष पुरा गरी दोस्रो बर्षमा प्रवेश गरेकोमा म हाम्रो कम्पनीको तर्फबाट नै शुभकामना दिन चाहन्छ । अनलाईनले आगामी दिनमा पनि सझै निष्पक्ष सुचना र जानकारी दिदै जओस भन्ने पनि शुभकामना दिन चाहन्छु । साथै नयाँ बर्षको अवसरमा उत्साह र उमंग भरिदै जाओस भन्ने कामना गर्दछु ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS