काठमाडौं । काठमाडौंमा भइरहेको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजीको प्रदर्शनका क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ।
सिभिल अस्पतालमा उपचारका क्रममा घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको हो। प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। मृतकको परिचय खुलेको छैन।
हाल अस्पतालमा करिब ८० जना घाइतेको उपचार भइरहेको छ। तीमध्ये ३ जना फोटो पत्रकार पनि छन्।
जेनजीको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले बानेश्वरलगायत विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेको छ। कर्फ्यु जारी गर्दा पनि जेनजीको प्रदर्शन संसद भवन अगाडि जारी रहेको छ।
प्रदर्शन झन चर्किएपछि प्रशासनले बानेश्वर क्षेत्रमा सेना परिचालन गरेको छ।

















