IME Life New

जेनजी प्रदर्शनः एकको मृत्यु, ८० बढी घाइते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा भइरहेको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजीको प्रदर्शनका क्रममा घाइते भएका एकजनाको मृत्यु भएको छ।

सिभिल अस्पतालमा उपचारका क्रममा घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको हो। प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ। मृतकको परिचय खुलेको छैन।

Esewa
Crest

हाल अस्पतालमा करिब ८० जना घाइतेको उपचार भइरहेको छ। तीमध्ये ३ जना फोटो पत्रकार पनि छन्।

जेनजीको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले बानेश्वरलगायत विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेको छ। कर्फ्यु जारी गर्दा पनि जेनजीको प्रदर्शन संसद भवन अगाडि जारी रहेको छ।

प्रदर्शन झन चर्किएपछि प्रशासनले बानेश्वर क्षेत्रमा सेना परिचालन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS