काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी, केयर रेटिङ्गस नेपालको वेबसाइटमा प्राविधिक समस्या देखिएको छ। वेबसाइट नखुल्ने र ”No connection could be made because the target machine actively refused it” भन्ने सूचना वेबसाइटमा देखिने गरेको छ।
वेबसाइट भिजिटरले कुनै वेबसाइट खाेल्दा सम्बद्ध कम्पनीको वेबसाइट र वेब सर्भर बीच इन्टरनेटको माध्यमबाट पहुँच स्थापित हुन नसकेको अवस्थामा यस्तो समस्या देखा पर्छ।