काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ४.०५ अंकले घटेर २६५०.०९ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.५२ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ०.७० प्रतिशतले घटेको छ।
यो दिन बजारमा ८६ कम्पनीको शेयरभाउ बढेको छ भने १८४ वटाको घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ३ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सोलु हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी













