काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ५.१७ प्रतिशतले घटेर २५६६.१६ को विन्दुमा झरेको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूहमात्रै बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक २.१५ प्रतिशतले बढ्दा अन्य समूह सर्वाधिक १.२० प्रतिशतले घटेको छ।
आज बजारमा ८५ कम्पनीको शेयरभाउ बढेको छ भने १५९ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब साढे ५ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- युनियन हाइड्रोपावरः २३ करोड ६५ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २३ करोड १९ लाख रुपैयाँ
- बुटवल पावरः २२ करोड ७२ लाख रुपैयाँ
- राधी विद्युतः २२ करोड ३० लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १८ करोड ३४ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः १८ करोड ३१ लाख रुपैयाँ
- साहास ऊर्जाः १८ करोड ६ लाख रुपैयाँ
- फर्स्ट माइक्रोफाइनान्सः १७ करोड ८२ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः १६ करोड १५ लाख रुपैयाँ
- हिमालयन पावर पार्टनरः १४ करोड ५० लाख रुपैयाँ

















