IME Life New

मूल्य समायोजनपछि शिवश्री हाइड्रोपावरको शेयरभाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिवश्री हाइड्रोपावरको शेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले हकप्रद शेयरका लागि शिवश्री हाइड्रोपावरको शेयरभाउ समायोजन गर्दै प्रतिकित्ता १९२.८३ रुपैयाँ कायम गरेको छ। बिहीबारको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता २८५.६५ रुपैयाँ थियो। अब आइतबार समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

Esewa
Crest

कम्पनीले सतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनार्थ आज साउन १६ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो साउन १५ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य भएका छन्।

गत साउन ४ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो। अब कम्पनीले आफ्ना शेयरधनीलाई १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबर हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर बिक्री खुला गर्नेछ। कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS