IME Life New

बैंकको यो कस्तो नियम ? खातामा १० हजार ब्यालेन्स अनिवार्य, नत्र ६% जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक भारतको एउटा बैंकले आफ्ना ग्राहकका लागि एक निर्देशन जारी गरेको छ। जसमा भनिएको छ, ‘यदि तपाइँले आफ्नो खातामा कम्तीमा भारु १० हजार मासिक ब्यालेन्स कायम नराखे भारी जरिवाना लाग्नेछ। यो जरिवाना बाँकी रहेको ब्यालेन्सको ६ प्रतिशत वा अधिकतम भारु ५०० सम्म हुन सक्छ।’

यो निर्देशन डेभलपमेन्ट बैंक अफ सिंगापुर (डीबीएस) इन्डियाले जारी गरेको हो। डीबीएस इन्डियाको वेबसाइटका अनुसार आउँदो अगस्ट १ देखि औसत मासिक ब्यालेन्स कायम नगरेको शुल्क ब्यालेन्सको ६ प्रतिशत हुनेछ। जसको अधिकतम सीमा भारु ५०० हुनेछ।

Esewa
Crest

डीबीएस इन्डियाको बचत खाताका लागि औसत मासिक ब्यालेन्स भारु १० हजार छ। यो बैंकले आफ्ना ग्राहकसँग एसएमएसमार्फत जानकारी पठाएको छ।

डीबीएस इन्डियाले आफ्नो वेबसाइटमा भनेको छ, ‘अगस्ट १ देखि तपाइँको बचत खाताको प्रकारअनुसार नन–मेन्टिनेन्स शुल्क परिवर्तन हुनेछ। अब खाताधारकले पहिलेभन्दा बढी औसत मासिक ब्यालेन्स कायम नगरेकोमा शुल्क तिर्नुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

24%
happy

खुसी

18%
sad

दु :खी

41%
amazed

अचम्मित

0%
excited

उत्साहित

18%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS