IME Life New

सुस्त अर्थतन्त्र चलायमान बनाउन कार्यदलले दिएको सुझावमा के-के छन् ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुस्त अर्थतन्त्र चलायनमान बनाउन नेपाल राष्ट्र बैंकलाई लचिलो नीति अवलम्बन गर्न सुझाव दिएको छ।

कार्यदलले बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो। यसका लागि कार्यदलले विभिन्न ९ वटा सुझाव दिएको छ।

Esewa
Crest

यस्ता छन् सुझाव

  • सुस्त अर्थतन्त्र उकास्न आवश्यक नीतिनियमनलाई निक्षेपकर्ताको हितमा सम्झौता नहुने गरी रिलाक्सन गर्ने वा छुट दिने नीति लिने।
  • सहुलियतपूर्ण कर्जा कार्यक्रमको बाँकी सरकारी अनुदानको जिम्मा लिई (लाभांशबाट शोधभर्ना लिने गरी) तत्काल सञ्चालन गराउने।
  • कोभिडपछि कतिपय व्यवसाय बन्द छन् भने कतिपय सानो स्केलमा सञ्चालन भइरहेको सन्दर्भमा पुनः व्यवसाय सञ्चालन र स्केल वृद्धि गर्न चाहनेलाई व्यावसायिक सम्भावना र धितो हेरी थप कर्जा व्यवस्था गर्ने।
  • निक्षेपकर्ताको हित सर्वाेपरी हुने गरी सेक्योर्ड कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गर्ने।
  • ग्रामीण क्षेत्रमा रु. ५ लाख र सहरी क्षेत्रमा रु. १० लाखसम्मको व्यवसाय कर्जा उचित धितोमा बंैक वित्तीय संस्थाबाट सरल र सहज रुपमा पाउने व्यवस्था गर्नुपर्ने।
  • लघुवित्त संस्थाबाट प्रदान हुने समूहगत कर्जालाई र धितोमा आधारित उद्यमशील कर्जाको सीमा वृद्धि गरिनुपर्ने।
  • आईटी र स्टर्टअप व्यवसायमा युवालाई प्रोत्साहन गर्ने कर्जा नीति लिनुपर्ने।
  • कालोसूचीसम्बन्धी नियमलाई पुनरावलोकन गरी सुधार गर्नुपर्ने।
  • निजी क्षेत्रसँग प्रभावकारी समन्वय गर्ने संयन्त्रको विकास गर्नुपर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS