काठमाडौं । प्रसिद्ध अमेरिकी व्यवसायी एवं विश्वकै धनीव्यक्ति एलन मस्कले हालै भारतमा स्टारलिंकको प्रवेश रोकिएको आरोप लगाएका छन्। मस्कले मुकेश अम्बानीको खिल्ली उडाउँदै उनलाई ‘प्रधानमन्त्री अम्बानी’ भनेर सम्बोधन गर्दै स्टारलिंकलाई भारतमा निष्पक्ष रुपमा प्रतिस्पर्धा गर्न अनुमति दिने कि नदिने भनेर सोधेका छन्।
त्यसपछि रिलायन्स इन्डस्ट्रिजले शुक्रबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्नो अडान व्यक्त गर्दै र कहिल्यै प्रतिस्पर्धाबाट डराएको छैन भनी जोड दियो। यसको जबाफ दिँदै रिलायन्स इन्डस्ट्रिजले भन्यो, ‘हरेक भारतीय कम्पनीजस्तै रिलायन्सले स्वदेशी र विदेशी लगानीका साथै नयाँ विचार, विशेषगरी मानिसहरुको जीवन सुधार गर्नेलाई स्वागत गर्ने देशमा विकास गरेको छ।’
‘यो स्वतन्त्रता कानुनको शासनमा निर्भर गर्दछ। भारत सरकारले भनेको छ कि भारतीय होस् वा विदेशी, हरेक आवेदकका लागि समान प्रक्रिया पालना गरिन्छ। जियोको आफ्नै स्याटेलाइट सेवाहरु पनि स्वीकृतिको पर्खाइमा छन्’, विज्ञप्तिमा भनिएको छ, ‘रिलायन्सले कहिल्यै प्रतिस्पर्धासँग डराएको छैन। हामी यसलाई ग्राहकहरुलाई कसले उत्तम सेवा प्रदान गर्छ भन्ने अन्तिम परीक्षा मान्दछौँ।’
जियोले सन् २०१६ मा भारतीय दूरसञ्चार बजारमा प्रवेश गरेको थियो। जहाँ धेरै कम्पनी पहिले नै अस्तित्वमा थिए। त्यतिबेला जियोको एक पनि ग्राहक थिएन। केवल १० वर्षमा जियोले ५३ करोडभन्दा बढी ग्राहकको विश्वास जितेको छ र भारतीयहरुलाई विश्वको उत्कृष्ट डिजिटल पूर्वाधार र सस्तो डटा प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ।
रिलायन्सले भन्यो, ‘हामी स्टारलिंसहित स्याटेलाइट सञ्चारको क्षेत्रमा प्रतिस्पर्धालाई स्वागत गर्दछौँ।’
विज्ञप्तिमा जियोसहित प्रत्येक कम्पनीले भारतका जनतालाई सेवा प्रदान गर्नुपर्छ र देशको कानुन र नीतिहरु पालना गर्नुपर्ने उल्लेख छ। –एजेन्सी












