IME Life New

भियतनाममा स्वास्थ्य बीमा तथ्यांक ढिलो पेस गरेमा जरिवाना प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भियतनामको स्वास्थ्य मन्त्रालयको प्रस्तावित मस्यौदा परिपत्रअन्तर्गत स्वास्थ्य सेवा प्रदायकहरुले स्वास्थ्य बीमा तथ्यांक ढिलो पेस गरेमा प्रशासनिक जरिवाना भोग्नुपर्ने हुन सक्छ।

अक्टोबर ७ सम्म सार्वजनिक टिप्पणी खोजिरहेको यो नियमले स्वास्थ्य बीमा क्षेत्रमा डिजिटल रुपान्तरण, विद्युतीय लेनदेन र तथ्यांक साझेदारीलाई नियमन गर्ने लक्ष्य राखेको छ। स्वीकृत भएमा परिपत्र सन् २०२७ जनवरी १ मा लागू हुनेछ। परिपत्र नम्बर ४८/२०१७/टीटी–बीवाईटीलाई प्रतिस्थापन गर्नेछ।

Esewa
Crest

प्रस्तावित नियमहरुअन्तर्गत स्वास्थ्य सेवा प्रदायकहरुले बिरामीको डिस्चार्ज भएको तीन घन्टाभित्र ‘स्वास्थ्य बीमा मूल्यांकन पोर्टल’ मा बीमा–कभर गरिएको चिकित्सा परीक्षण र उपचार खर्चसँग सम्बन्धित विद्युतीय रुपमा हस्ताक्षर गरिएको तथ्यांक पेस गर्नुपर्नेछ। जबसम्म उनीहरुसँग विशेष छुट छैन।

भुक्तानी मूल्यांकन अनुरोधका लागि अन्तिम, अपरिवर्तित तथ्यांक मिलाउन, प्रमाणित गर्न र पेस गर्न बिरामीको प्रस्थानबाट १५ दिनको समय हुनेछ।

स्वास्थ्य बीमा मूल्यांकन पोर्टलले भुक्तानी अनुरोध प्राप्त भएको १५ दिनभित्र मूल्यांकन परिणाम जारी गर्नेछ। जसमा स्वीकृत रकम र अस्वीकृत दाबीहरुको कानुनी कारणहरु उल्लेख गरिनेछ। अनुपालन सुनिश्चित गर्न पोर्टलले अस्पष्ट ढिलाइका लागि स्वचालित मासिक रिमाइन्डर र चेतावनी जारी गर्नेछ।

सामाजिक सुरक्षा कार्यालयबाट दुई लिखित सूचना प्राप्त गरेपछि नियमहरुको पालना गर्न असफल भएमा प्रशासनिक जरिवाना वा स्वास्थ्य सेवा प्रशासन कानुनअन्तर्गत कारबाहीका लागि सक्षम अधिकारीहरुलाई सिफारिस गर्न सकिन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS