IME Life New

भेनेजुएलाले अमेरिकी सामान मात्र किन्नेछः ट्रम्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले आफूहरुको नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसाबाट मात्र अमेरिकी निर्मित सामानहरु किन्ने बताएका छन्। ‘मैले जानकारी पाएको छु कि भेनेजुएलाले हाम्रो नयाँ तेल सम्झौताबाट प्राप्त हुने पैसाबाट मात्र अमेरिकी निर्मित सामानहरु किन्नेछ’, ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा लेखेका छन्।

ती खरिदमा भेनेजुएलाको पावर ग्रिड र ऊर्जा केन्द्रहरु सुधार गर्न अमेरिकी कृषि उत्पादनहरु, औषधिहरु, चिकित्सा उपकरणहरु र मेसिनरीहरु समावेश हुने ट्रम्पको भनाइ छ। ‘अर्को शब्दमा भेनेजुएला अब संयुक्त राज्य अमेरिकालाई आफ्नो प्राथमिक व्यापारिक साझेदार बनाउन प्रतिबद्ध छ’, उनले भने, ‘यो एक बुद्धिमानी निर्णय हो र भेनेजुएला र संयुक्त राज्य अमेरिका दुवैका जनताका लागि धेरै राम्रो कुरा हो।’

Esewa
Crest

यसअघि शनिबार अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई राजधानी कराकसबाट ‘कब्जा’ गरेको थियो। त्यसपछि डेल्सी रोड्रिगेजलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको छ। उनले पहिले देशको उपराष्ट्रपतिका रुपमा काम गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS