IME Life New

दशैँमा दक्षिणाको सदुपयोगः भविष्य सुनिश्चित गर्न बीमा गरौं

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । दशैँ नेपालीहरुको माहान चार्ड हो । दशैँमा मान्यजन तथा ठुलावडाहरुको हातबाट टिका, जमरा र दक्षिणा लिने गरिन्छ । दशैँमा पैसाको विषयलाई लिएर बालबालिकाहरु खुशी हुने गर्छन । कतिपय अभिभावकहरुमा वित्तीय चेतना हुने भएकाले नानीबाबुको टिका लगाएर जम्मा भएको पैसा बचत गरिदिने गर्दछन् भने कतिपय अभिभावकहरुमा वित्तीय चेतनाको अभावका कारणले गर्दा नानीबाबुको पैसा विलासी खर्चमै नोक्सान हुने गरेको पाइन्छ ।

दशैँमा अभिभावकहरुले अरुको देखासिखीमा धेरै खर्च गर्ने प्रवृत्ति पनि छ । तर यी सबै खर्चलाई कम गरेर वालवालिकाको भोलिको भविष्को लागि बचत गर्न सकियो भने भविष्यमा कतै लगानी गर्न सकिन्छ । अझ बीमा नै गरिदिने हो भने बालबालिकाको भविष्य सुन्दर मात्रै होइन, सुनिश्चित समेत हुन पुग्दछ ।

Crest

सांकेतिक तस्विरबालवालिकाहरुलाई बचत गर्ने बानीको विकास बाल्यकालदेखि नै गराउन सक्यो भने ठुलो भएपछि फजुल खर्च गर्ने समस्यामा कमी आउन सक्छ । स्कुल लेभलका पाठ्यक्रममा नै समावेश गरेर बालिबालिकालाई आम्दानी, बचत, लगानी लगायतका विषयमा जानकारी दिन सकेमा विद्यार्थी जीवनदेखि नै मानिसहरुले धेरै कुरा सिक्न सक्नेछन् । त्यसअघि, बालबालिकाका अभिभावकले नै आफ्ना सन्तानलाई बचत गर्ने बानी बसाल्न सक्यो भने भविष्यमा उनीहरुको पढाई तथा दैनिकीमा धेरै सहज हुनसक्छ ।

चाडपर्वको समयमा विशेषगरी दशैँतिहारको बेलामा बालबालिकाले दक्षिणाले रुपमा आम्दानी गर्दछन् । बालबालिकालाई दिएको भनेर त्यो पैसाको हिसाब कसैले गर्दैन र उसले त्यो पैसा खाने, साथीभाईहरुसँग घुम्ने लगायतका फजुल खर्चमा सकाउँछ । तर, त्यही पैसा अभिभावकहरुले बैंकमा खाता खोलेर बचत गरिदिने हो भने भोली सोही बालबालिकाको पढाई अथवा अन्य ठूलो कामका लागि प्रयोग गर्न सहज हुन्छ ।

बालबालिकाहरुमा बचत गर्ने बानी बसाल्नु भनेको सफलताको खुड्किलोतिर लम्कनु हो । सानैदेखि आफूसँग भएको रकमबाट थोरै भएपनि बचाउन जानेको बालबालिकाले ठूलो भएर कुनै पनि व्यवसायको उचित व्यवस्थापन गर्न सक्छन् । बचत गर्नुपर्छ भनेर आफूसँग भएको सबै पैसा बैंकमा लगेर जम्मा गर्ने र अहिले खर्च नगर्ने भन्ने होइन । तर, आवश्यकता भएका कुराहरुमा खर्च गरेर आफूसँग भएको सानो सानो रकमलाई बचत गर्नुपर्छ ।

आवश्यक नभएका कुराहरुमा खर्च गर्ने बानीलाई मात्रै नियन्त्रण गर्न सिक्नुपर्ने हो । त्यसैले दशैंमा जम्मा भएको बालबालिकाहरुको दक्षिणालाई बचतको रुपमा बैंकमा लगेर जम्मा गर्ने बानीले एक व्यक्तिको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा टेवा पुग्छ । अझ त्यसमाथि बीमा समेत गराउन सकेमा बालबालिकाको भविष्य समेत सुनिश्चित हुन पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS