IME Life New

अमेरिकी प्रतिबन्धको रुसलाई छैन असर, क्रिप्टोमा भारत र चीनसँग तेलको व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुसलाई अमेरिकाको प्रतिबन्धको कुनै असर देखिएको छैन। अमेरिका र पश्चिमी देशको प्रतिबन्धलाई बेवास्ता गर्दै रुसले तेल व्यापारमा क्रिप्टोकरेन्सी प्रयोग गरिरहेको छ।

रोयटर्सका अनुसार रुसले सार्वजनिक रुपमा क्रिप्टोको प्रयोगलाई बढावा दिएको छ। गत गर्मीयाममा रुसले अन्तर्राष्ट्रिय व्यापारमा डिजिटल मुद्रा भुक्तान गर्न अनुमति दिने कानुन पनि पारित गरेको थियो। तर, तेल व्यवसायमा यसको प्रयोगको खबर पहिले कहिल्यै आएको थिएन।

Esewa
Crest

केही रुसी तेल कम्पनीले चिनियाँ युआन र भारतीय रुपैयाँलाई रुसी रुबलमा रुपान्तरण गर्न बिटक्वाइन, इथर र टिथरजस्ता स्टेबल क्वाइनहरु प्रयोग गरिरहेका छन्। रुसको समग्र तेल व्यापारमा क्रिप्टोको प्रयोग अझै बढ्दै गएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का अनुसार गत वर्ष रुसको तेल व्यापार १९२ अर्ब डलरको थियो।

क्रिप्टोकरेन्सीहरुले पहिले नै अमेरिकी प्रतिबन्धअन्तर्गत इरान र भेनेजुएलाजस्ता देशलाई तिनको अर्थतन्त्र चलाउन मद्दत गरिरहेका छन्। क्रिप्टोकरेन्सी पनि डलरको प्रयोगबाट बच्न सहयोगी साबित भइरहेको छ। विश्व तेल बजारमा लेनदेनका लागि डलरलाई प्राथमिकता दिइन्छ।

अमेरिकाले लगाएको प्रतिबन्ध पुनः लगाएपछि भेनेजुएलाले कच्चा तेल र इन्धनको निर्यातमा डिजिटल मुद्राको प्रयोगलाई तीव्र बनाएको छ। रुस पनि त्यही बाटोमा अघि बढेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न रुससँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन्। तर, प्रतिबन्ध फुकुवा हुने वा नहट्ने भन्ने अझै स्पष्ट भइसकेको छैन।

रोयटर्सको रिपोर्टअनुसार ह्वाइट हाउसले प्रतिबन्धहरुमा राहतका लागि विकल्पहरुको मस्यौदा तयार गरिरहेको थियो। तर, मार्च ७ मा ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउने विषयमा गम्भीर रुपमा विचार गरिरहेको बताएका थिए।

प्रतिबन्ध हटाइयो र डलरको प्रयोग फेरि सुरु भए पनि क्रिप्टो रुसी तेल व्यापारमा प्रयोग जारी रहने सम्भावना छ। यो एक सुविधाजनक उपकरण भएकोले कामलाई छिटो सम्पन्न गर्न मद्दत गर्ने विज्ञहरु बताउँछन्।

क्रिप्टोमा व्यापार कसरी गरिन्छ ?

रुसी तेलको एक चिनियाँ खरिदकर्ताले बिचौलियाका रुपमा काम गर्ने व्यापारिक कम्पनीलाई युआनमा भुक्तानी गर्दछ। यो भुक्तानी विदेशी खातामा बनाइन्छ। बिचौलियाले यसलाई क्रिप्टोमा रुपान्तरण गर्छ र अर्को खातामा स्थानान्तरण गर्दछ। त्यहाँबाट यसलाई रुसको तेस्रो खातामा पठाइन्छ र रुबलमा रुपान्तरण गरिन्छ। एक रुसी तेल व्यापारीको चीनमा बिक्रीका लागि क्रिप्टो लेनदेन प्रतिमहिना करोडौँ डलरबराबर हुन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS