काठमाडौं । वर्तमान कार्यकालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता घटेको छ।
बेलायती पत्रिका द गार्जियनमा प्रकाशित रोयटर्स–इप्सोसको नयाँ सर्वेक्षणले यस्तो देखाएको हो। अमेरिकीहरुको असन्तुष्टिको मुख्य कारण ट्रम्पको बढ्दो महँगी नियन्त्रण गर्न असमर्थता हो।
यसबाहेक अमेरिकी जनताले इरानविरुद्धको अमेरिकाको युद्ध मन पराएका छैनन्। किनकि यो युद्धले गर्दा अमेरिकामा पेट्रोलको मूल्य बढेको छ।
चारदिने सर्वेक्षणमा अप्रिल १५ देखि २० सम्म गरिएको थियो। अघिल्लो सर्वेक्षणमा ३६ प्रतिशत अमेरिकीले ट्रम्पको प्रदर्शनलाई अनुमोदन गरेका थिए।
अघिल्लो सर्वेक्षणमा २५ प्रतिशतको तुलनामा महँगीमा ट्रम्पको प्रदर्शनलाई केवल २२ प्रतिशतले अनुमोदन गरेका थिए। नोभेम्बरमा हुने मध्यावधि चुनावमा अमेरिकी कांग्रेसमा उनीहरु कमजोर हुन सक्ने चिन्ता पनि बढिरहेको छ।
यद्यपि ७८ प्रतिशत रिपब्लिकनले अझै पनि ट्रम्पलाई समर्थन गर्छन्। ४१ प्रतिशत पार्टी सदस्य महँगी नियन्त्रणमा ट्रम्पको प्रदर्शनसँग असन्तुष्ट छन्। –एजेन्सी












