काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डमा चाँडै नै ठूलो मात्रामा तेल, ग्यास र खनिज अन्वेषण सुरु हुने बताएक छन्। ट्रम्पले भने, ‘केही विज्ञहरु भन्छन् कि त्यहाँ सजिलै उपलब्ध हुने तेलको मात्रा विश्वको लगभग कुनै पनि भूभागभन्दा बढी छ।’
ट्रम्पले लेखेका छन्, ‘अझ महत्वपूर्ण कुरा रक्षा र आक्रामक सैन्य कारबाहीका लागि संयुक्त राज्य अमेरिका र युरोप दुवैका लागि यसको रणनीतिक महत्व अतुलनीय छ। संयुक्त राज्य अमेरिकामा भविष्यमा हुने कुनै पनि आक्रमण ग्रीनल्यान्डबाट गुज्रनु पर्नेछ।’
ट्रम्पका अनुसार ग्रीनल्यान्डमा अमेरिकाको रक्षा प्रणालीले नियमित रुपमा ड्रोन, मिसाइल वा अहिलेसम्म कल्पना नगरिएको कुनै पनि हतियारलाई खसाल्नेछ। ‘यसले हामीलाई समय, रणनीतिक स्थिति र लामो दूरीको क्षमता दिन्छ जुन संसारमा कतै उपलब्ध छैन’, उनले भने।
अमेरिकी राष्ट्रपति ट्रम्प, डेनिस प्रधानमन्त्री मेट्टे फ्रेडरिकसेन र ग्रीनल्यान्डकी प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले सेप्टेम्बर २२ मा न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको ८१ औँ सत्रका क्रममा तीन पक्षबीच सुरक्षा सम्झौतामा हस्ताक्षर गरे। आफ्नो भाषणमा ट्रम्पले भने, ‘अमेरिकाले ग्रीनल्यान्डमा दुई धेरै ठूला सैन्य अड्डा निर्माण गर्नेछ।’ –एजेन्सी












