IME Life New

बीमा दाबी नपाएपछि बीमकविरुद्ध कानुनी लडाइँमा उत्रिए कोभिड पीडित बेलायती साना व्यवसायी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोभिडका कारण नोक्सानी व्यहोरेका बेलायतका व्यवसायीहरु दाबी भुक्तानी नपाएपछि बीमा कम्पनीविरुद्ध कानुनी लडाइँ सुरु गरेका छन्।

बीमाको दाबी भुक्तानी पाउन ६९ साना व्यवसायका मालिकहरु लन्डनस्थित बीमा कम्पनी बिज्ली ग्रुपविरुद्ध कानुनी लडाइँमा उत्रिएका हुन्। ‘कोभिडका कारण गरिएको लकडाउन जति डरलाग्दो थियो, त्यति म आत्तिइनँ’, वाल्सलमा ट्याटु व्यवसाय गर्दै आएकी सेरिना रसेलले भनिन्, ‘किनकि मलाई थाहा थियो कि मेरो व्यवसायको बीमा गरिएको छ।’

Esewa
Crest

रसेलको परिवारले विगत २७ वर्षदेखि ट्याटु व्यवसाय गर्दै आएको छ। ‘जब कोभिड महामारी फैलियो र देश लकडाउनमा गयो’, रसेलले भनिन्, ‘मलाई थाहा थियो कि व्यवसाय अवरोध बीमा गरिएको छ। मैले क्षतिपूर्ति पाउँछु भन्ने आशा थियो।’

यद्यपि, बिज्ली ग्रुपले रसेलजस्ता कोभिड पीडित साना व्यवसायीलाई दाबी भुक्तानी गर्न अस्वीकार गर्यो। कम्पनीको दाबी छ कि व्यापार अवरोध बीमा राष्ट्रिय लकडाउन कभर गर्न डिजाइन गरिएको होइन।

द अन्डरग्राउन्ड ट्याटु स्टुडियोको स्वामित्वमा रहेकी रसेलले १५ वर्षदेखि बीमामा भुक्तानी गर्दै आएकी छन्। उनले बीमाको मासिक ४६ पाउन्ड शुल्क तिर्छिन्। ‘प्रश्न यो हो कि किन बीमाले मेरो व्यवसायको बीमा कभर गरेन ?’, उनले बीबीसीलाई भनिन्, ‘जब तपाइँ व्यापार अवरोध बीमा लिनुहुन्छ तब यसले महामारीका लागि कभर गरिएको छैन भनेर भन्दैन। त्यसैले तपाइँलाई लाग्छ कि तपाइँको व्यवसाय पूर्ण रुपमा कभर हुन्छ। तपाइँको व्यवसाय बन्द भए पनि र बीमाले त्यही भन्छ।’

रसेलले बीमा कम्पनीले क्षतिपूर्ति नदिँदा आफूले बाउन्स ब्याक लोन लिन बाध्य भएको गुनासो गरिन्। त्यो लोनको रकम उनले विगत ५ वर्षदेखि तिर्दै आएकी छन्।

ट्याटु बनाउँदा मानिसहरुबाट २ मिटर टाढा रहने सरकारी निर्देशनहरु पालना गर्न गाह्रो भएको भन्दै रसेलको व्यवसाय १० महिनाका लागि बन्द भएको थियो। सम्पूर्ण अनुभवलाई दर्दनाक रुपमा वर्णन गर्दै उनले भनिन्, ‘मेरा बफादार ग्राहकका कारण व्यवसाय चलिरहेको छ।’

स्टाफर्डसायरको ट्यामवर्थकी लुसी फोस्टरको सौन्दर्य क्लिनिक ‘लुसी फोस्टर वेलनेस क्लिनिक’ छ। बर्मिंघमको ज्वेलरी क्वार्टरमा उनको एउटा ट्रेनिङ स्कुल पनि थियो। तर, महामारीको प्रकोपपछि त्यसलाई बन्द गर्नुपर्यो।

लुसीले बिज्ली ग्रुपसँग व्यापार अवरोध बीमाका लागि प्रिमियम पनि भुक्तानी गरेकी थिइन्। तर, कम्पनीले दाबी भुक्तानी नदिँदा व्यवसाय विस्तार रोक्नुपरेको बताइन्। उनले पनि २५ हजार पाउन्डको बाउन्स ब्याक ऋण लिनुपरेको सुनाइन्। ‘जुन अझै पनि तिर्दैछु’, उनले भनिन्।

बर्मिंघमका वकिल क्रिस गायले ती पीडित व्यवसायहरुको मुद्दा लडिरहेका छन्। बिज्ली ग्रुपको बीमा पोलिसीका बारेमा गायले भने, ‘उक्त बीमा पोलिसीमा महामारीलाई समेट्न पर्याप्त शब्दहरु रहेको कानुनी रुपमा देखिन्छ। यो सरकारले सम्पत्तिमा पहुँच अस्वीकार गर्ने घटनाको परिणामस्वरूप गरेको बन्द हो। त्यतिबेला कोभिड एक आपतकालीन अवस्था थियो। जसले गर्दा सरकारले कठोर कदम चाल्ने र यी व्यवसायहरु बन्द गर्ने निर्णय गर्यो। हाम्रो विचारमा उक्त बीमा पोलिसीमा शब्दहरुले त्यो अवस्थालाई समेट्छ।’

गायले मार्च २०२६ सम्म मात्र कानुनी उजुरी दर्ता गर्न सक्ने बताए। ‘किनकि बीमा दाबी घटना भएको ६ वर्षसम्म भुक्तानी लिन पाइन्छ’, उनले भने। महामारीका कारण मार्च २०२० मा पहिलो लकडाउन घोषणा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS