IME Life New

अमेरिका–इरान युद्धले हल्लियो विश्व, गरिबीको संघारमा ३ करोड मानिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका र इरानबीच ५० दिनभन्दा बढी समयसम्म चलेको युद्धमा हाल युद्धविराम चलिरहेको भए पनि विश्वव्यापी तनाव कायमै छ। यस युद्धको प्रभाव विश्वका धेरै देशहरुमा तेल र ग्यास संकटका रुपमा देखिएको थियो। किनकि होर्मुज स्ट्रेट बन्द गरिएको थियो।
यस बीचमा संयुक्त राष्ट्र विकास प्रमुखले गम्भीर चेतावनी जारी गरेका छन्। जसमा भनिएको छ कि अमेरिका–इरान युद्धबाट उत्पन्न परिस्थितिका कारण लगभग ३ करोड मानिसहरु गरिबीमा पर्न सक्छन्। प्रतिवेदनले यसको पछाडिका प्रमुख कारणहरु पनि उल्लेख गरेको छ।

वर्षको अन्त्यसम्ममा देखिनेछ ठूलो प्रभाव

Esewa
Crest

रोयटर्सको रिपोर्टअनुसार संयुक्त राष्ट्र विकास प्रमुख अलेक्ज्याण्डर डे क्रुले मध्यपूर्वको खतरनाक प्रभावमा ध्यान केन्द्रित गर्दै गम्भीर चेतावनी जारी गरेका छन्। उनले भने, ‘अमेरिका–इरान युद्धका कारण होर्मुजमा कार्गो जहाजहरुको निरन्तर अवरोधले इन्धन मात्र नभई मल आपूर्तिमा पनि बाधा पु¥याएको छ। जसले कृषि उत्पादनलाई प्रत्यक्ष असर पारेको छ। बाली उत्पादनमा यो प्रभाव यस वर्षको अन्त्यमा स्पष्ट रुपमा देखिनेछ।’

क्रोका अनुसार अमेरिका र इरानबीचको यो युद्ध भोलि समाप्त भयो भने पनि यसको पहिले नै देखिने प्रभावहरु जारी रहनेछन्। ‘सम्भावित रुपमा विश्वभरका ३ करोड वा सोभन्दा बढी मानिसहरुलाई गरिबीमा धकेल्नेछ’, उनले भने, ‘यस द्वन्द्वको अप्रत्यक्ष प्रभावले आगामी महिनाहरुमा खाद्य असुरक्षा बढाउने अपेक्षा गरिएको छ।’

विश्वव्यापी खाद्य संकटको डर

संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन (एफएओ) ले गत हप्ता यस्तै चेतावनी जारी गर्यो। जसमा भनिएको थियो कि मध्य पूर्व युद्धका कारण होर्मुज जलडमरूमा लामो समयसम्म संकट आइपर्दा विश्वव्यापी खाद्य संकट निम्त्याउन सक्छ।

एफओपीका अनुसार भारत, बंगलादेश, श्रीलंका, सोमालिया, सुडान, तान्जानिया, केन्या र इजिप्टजस्ता देशहरु सबैभन्दा बढी जोखिममा छन्। प्रतिवेदनमा भनिएको छ, ‘केही महिनाभित्र खाद्य असुरक्षा व्याप्त हुनेछ र सबैभन्दा ठूलो चिन्ता यो हो कि यसका बारेमा थोरै गर्न सकिन्छ।’

दबाबमा जीडीपी, संकटमा विश्व

संयुक्त राष्ट्र विकास (यूएनडीपी) प्रमुख डे क्रुका अनुसार इरान युद्धको प्रभावले पहिले नै विश्वव्यापी जीडीपीको ०.५ प्रतिशतदेखि ०.८ प्रतिशतसम्म नष्ट गरिसकेको छ। उनले भने, ‘आठ हप्ता लामो अमेरिका–इरान युद्ध दशकौँ लाग्ने निर्माणलाई ध्वस्त पार्न पर्याप्त थियो।’

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गर्दा युद्ध सुरु भयो। इरानको प्रतिशोधात्मक आक्रमणले विश्वको जीवनरेखा तेल र ग्यास मार्गहरु अवरुद्ध गर्यो। जसले गर्दा ऊर्जासहित आवश्यक वस्तुहरुको आपूर्ति शृंखला अवरुद्ध भयो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS