IME Life New

इरानसँगको युद्धका बीच कीर्तिमानी उचाइमा पुग्यो अमेरिकाको ऋण, ट्यारिफले पनि गरेन काम !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरानसँग युद्धमा फसेको अमेरिकाका लागि वित्तीय खबर राम्रो छैन। अमेरिकाको संघीय सरकारको ऋण पहिलोपटक ३९ ट्रिलियन डलर नाघेको छ। जुन देशको जीडीपीको १२४ प्रतिशत हो।

पछिल्लो ८ महिनामा अमेरिकाको ऋण २ ट्रिलियन डलरले बढेको छ। गत वर्ष जुलाईमा ऋण सीमा हटाइएदेखि अमेरिकाको ऋण २.८ ट्रिलियन डलरले बढेको हो। ऋण ३८ ट्रिलियन बढेरबाट ३९ ट्रिलियन डलर पुग्न केवल ५ महिना लाग्यो। ट्रम्पको ट्यारिफका बाबजुद अमेरिकाको ऋण बढ्दै गइरहेको छ।

Esewa
Crest

सीबीओको अनुमानले अमेरिकाको ऋण आगामी १० वर्षसम्म वार्षिक २.४ ट्रिलियन डलरले बढ्न सक्ने र सन् २०३६ सम्ममा ६४ ट्रिलियन डलर पुग्न सक्छ। अमेरिकाले यो ऋणको ब्याज तिर्न उल्लेखनीय रकम खर्च गरिरहेको छ। अक्टोबर १ बाट सुरु भएको सन् २०२६ आर्थिक वर्षमा फेब्रुअरीसम्ममा ऋणको ब्याज तिर्न २५ अर्ब डलर खर्च भइसकेको छ। यो सामाजिक सुरक्षा (६७८ अर्ब) र मेडिकेयर (४७८ अर्ब) पछिको सबैभन्दा ठूलो रकम हो।

इरान युद्धको लागत

अमेरिकी राष्ट्रिय ऋण सन् १९९० मा ३.२ ट्रिलियन डलर थियो र सन् २००० सम्ममा यो ५.७ ट्रिलियन डलर पुगेको थियो। सन् २०१० मा यो १३.६ ट्रिलियन डलर थियो र सन् २०२० मा यो २७ ट्रिलियन डलर थियो। अहिले यो ३९ ट्रिलियन डलर पुगेको छ।

वित्तीय सेवा ब्युरोका अनुसार यस रकमको ३१.३ ट्रिलियन डलर सार्वजनिक ऋण हो र ७.६ ट्रिलियन डलर अन्तरसरकारी होल्डिङका रुपमा छ। यो रकममा ब्याज तिर्दा अमेरिकालाई वार्षिक ९०० अर्ब डलर खर्च भइरहेको छ।

यसैबीच अमेरिकी रक्षा विभाग पेन्टागनले इरान युद्धको लागि २०० अर्ब डलरभन्दा बढी अतिरिक्त कोष छुट्याउन सरकारलाई अनुरोध गरेको छ। अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरे। पहिलो हप्तामा मात्र अमेरिकाले युद्धमा ११.३ अर्ब डलर खर्च गर्यो। यसमा प्रारम्भिक आक्रमणमा प्रयोग गरिएको गोला बारुदको लागत मात्र समावेश छ। यसमा सेना तैनाथी, रसद र सञ्चालनको लागत समावेश छैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS