IME Life New

स्पेनले आफ्नो सैन आधार प्रयोग गर्न अनमुति नदिएपछि ट्रम्पले दिए यस्तो धम्की

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्पेनले अमेरिकालाई आफ्नो सैन्य आधार प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार रोक्ने धम्की दिएका छन्।

स्पेनले इरानमा भइरहेको कारबाहीको लागि अमेरिकालाई आफ्नो सैन्य आधार प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि यो बयान आएको हो।ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा ट्रम्पले स्पेनको मनोवृत्तिलाई ‘धेरै नराम्रो’ भन्दै कडा आलोचना गरे। उनले भने, ‘हामी स्पेनसँगको सबै व्यापार रोक्न सक्छौँ। हामी स्पेनसँग कुनै सम्बन्ध राख्न चाहँदैनौँ।’

Esewa
Crest

यद्यपि, ट्रम्प प्रशासनले यो धम्की कार्यान्वयन गर्नेछ कि गर्दैन भन्ने कुरा स्पष्ट छैन। तर, यदि त्यसो हो भने स्पेनसँगको व्यापार रोक्न ईयू सदस्य राष्ट्रहरुले के कदम चाल्ने भन्ने कुरा पछि आउला।

ट्रम्पको बयानले दुई देशहरुबीच पहिले नै अवस्थित तनावलाई अझ बढाउन सक्छ। स्पेनले पहिले नै नाटो सहयोगीहरुबाट रक्षा खर्च बढाउन ट्रम्पको मागको विरोध गरिसकेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS