काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानले ब्ल्याकमेल गर्न नदिने बताएका छन्।
ओभल अफिसमा सञ्चारकर्मीसँगको कुराकानीमा ट्रम्पले होर्मुजा स्ट्रेटको विषयमा अमेरिकालाई इरानले ब्ल्याकमेल गर्न नदिने स्पष्ट पारेका हुन्। यद्यपि, उनले इरानसँग राम्रो ढंगले अहिले कुराकानी भइरहेको पनि दाबी गरेका छन्।
त्यसो त इरानी मिडियामा होर्मुज बन्द हुने खबर आएपछि थुप्रै जहाज यो समुद्रीमार्ग छाडेर आफ्नो मार्ग बदलिरहेका छन्।
उता इरानी उपविदेशमन्त्री सइद खातबजादेहले इरान अहिलेसम्म अमेरिसँग छुट्टै र सीधा कुराकानीका लागि तयार नरहेको बताएका छन्। ‘किनकि अमेरिका आफ्ना कठोर सर्तहरुबाट पछि हट्न अझै तयार भएको छैन’, उनले भने। –एजेन्सी












