IME Life New

अमेरिकामा ४१ देशका नागरिकलाई यात्रा प्रतिबन्धको तयारीमा ट्रम्प प्रशासन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको ट्रम्प प्रशासनले ४१ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।

यो जानकारी समाचार एजेन्सी रोयटर्सले यस मामिलासँग परिचित स्रोत र मेमोलाई उद्धृत गर्दै दिएको हो। मेमोमा कुल ४१ देशको नाम समावेश छ। ती देशलाई तीन समूहमा विभाजन गरिएको छ।

Esewa
Crest

हिलो समूहमा १० देश समावेश छन्। जसमा अफगानिस्तान, इरान, सिरिया, क्युवा र उत्तर कोरिया र अन्य देश पर्छन्। उनीहरुको भिसामा पूर्ण प्रतिबन्ध लगाइने बताइएको छ।

दोस्रो समूहमा ५ देशको नाम समावेश छ। यसमा इरिट्रिया, हाइटी, लाओस, म्यानमार र दक्षिण सुडान पर्छन्। यी देशले आंशिक निलम्बनको सामना गर्नेछन्। जसले पर्यटक र विद्यार्थी भिसाका साथै आप्रवासी भिसालाई असर गर्नेछ।

तेस्रो समूहमा जम्मा २६ देश समावेश छन्। जसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तानलगायतका केही देश पर्छन्। यदि यी देशका सरकारले ६० दिनभित्र कमजोरी सच्याउन पहल गरेन भने ती देशलाई भिसा जारी गर्न आंशिक प्रतिबन्ध लगाउने विचार गरिने मेमोमा उल्लेख छ।

एक अमेरिकी अधिकारीले यस सूचीमा परिवर्तन हुन सक्ने बताएका छन्। यो सूची अमेरिकी प्रशासन र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS