IME Life New

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान सेवा ठप्प, एयरपोर्टको ट्याक्सी वे मा जाम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा जडित बत्तीमा प्राविधिक समस्यासँगै विमानस्थलबाट हुने सबै उडान तथा अवतरण सेवा शनिबार साँझ ५ः३० बजेदेखि ठप्प भएको छ।

धावनमार्गको बाहिरी किनारामा जडान गरिएको बत्ति  बिग्रिएपछि उडान सुरक्षाका कारण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान सेवा अस्थायीरूपमा बन्द गरेको हो।

Crest

विमानस्थलका अनुसार उडान भर्नका लागि यात्रु बाेकेका अन्तर्राष्ट्रिय गन्तव्यका फ्लाइ दुबइ, बाटिक एयर, इण्डिगो एयर, एयर इण्डिया र कतार एयरवेजका विमानहरू ट्याक्सी वे मा लामबद्ध छन्।

AirlinesScheduled Time of DepartureActual Time of DepartureFlightDestinationStatus
Flydubai15:35:015:35:0FZ540DubaiBoarding Completed
Batik Air16:10:016:10:0OD183Kuala LumpurBoarding Completed
IndiGo AIR17:10:017:10:06E1156DelhiBoarding Completed
Air India17:30:017:30:0AI220DelhiBoarding Completed
Qatar Airways17:40:017:40:0QR647DohaBoarding Completed

स्पाइस जेटले राती ८ः१० बजेको दिल्ली काठमाडाैंका लागी पूर्व निर्धारित उडान संख्या एसजी ०४१(SG041) को उडान रद्द गरेको छ।

धावन मार्गको बत्ती बिग्रिएकाले कोरियन एयर, कतार एयरवेज, नेपाल एयरलाइन्स र फ्लाइ दुबइको क्रमशः सियोल, दोहा, दिल्ली र दुबइबाट उडान भरेका विमानहरू अवतरण हुन नसकी ओभर सुट भएका छन् ।

AirlinesSCHEDULED TIME OF ARRIVALEstimated Time of ArrivalFlightOriginStatus
Korean Air17:30:017:50:0KE695Seoul/IncheonHolding
Qatar Airways17:50:017:55:0QR644DohaHolding
Nepal Airlines18:35:019:32:0RA218DelhiDelayed
Flydubai18:40:018:32:0FZ1537DubaiHolding

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS