IME Life New

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान सेवा ठप्प, एयरपोर्टको ट्याक्सी वे मा जाम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा जडित बत्तीमा प्राविधिक समस्यासँगै विमानस्थलबाट हुने सबै उडान तथा अवतरण सेवा शनिबार साँझ ५ः३० बजेदेखि ठप्प भएको छ।

धावनमार्गको बाहिरी किनारामा जडान गरिएको बत्ति  बिग्रिएपछि उडान सुरक्षाका कारण त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान सेवा अस्थायीरूपमा बन्द गरेको हो।

Esewa
Crest

विमानस्थलका अनुसार उडान भर्नका लागि यात्रु बाेकेका अन्तर्राष्ट्रिय गन्तव्यका फ्लाइ दुबइ, बाटिक एयर, इण्डिगो एयर, एयर इण्डिया र कतार एयरवेजका विमानहरू ट्याक्सी वे मा लामबद्ध छन्।

Airlines Scheduled Time of Departure Actual Time of Departure Flight Destination Status
Flydubai 15:35:0 15:35:0 FZ540 Dubai Boarding Completed
Batik Air 16:10:0 16:10:0 OD183 Kuala Lumpur Boarding Completed
IndiGo AIR 17:10:0 17:10:0 6E1156 Delhi Boarding Completed
Air India 17:30:0 17:30:0 AI220 Delhi Boarding Completed
Qatar Airways 17:40:0 17:40:0 QR647 Doha Boarding Completed

स्पाइस जेटले राती ८ः१० बजेको दिल्ली काठमाडाैंका लागी पूर्व निर्धारित उडान संख्या एसजी ०४१(SG041) को उडान रद्द गरेको छ।

धावन मार्गको बत्ती बिग्रिएकाले कोरियन एयर, कतार एयरवेज, नेपाल एयरलाइन्स र फ्लाइ दुबइको क्रमशः सियोल, दोहा, दिल्ली र दुबइबाट उडान भरेका विमानहरू अवतरण हुन नसकी ओभर सुट भएका छन् ।

Airlines SCHEDULED TIME OF ARRIVAL Estimated Time of Arrival Flight Origin Status
Korean Air 17:30:0 17:50:0 KE695 Seoul/Incheon Holding
Qatar Airways 17:50:0 17:55:0 QR644 Doha Holding
Nepal Airlines 18:35:0 19:32:0 RA218 Delhi Delayed
Flydubai 18:40:0 18:32:0 FZ1537 Dubai Holding

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS