IME Life New

बेलायत जान र बस्न भयो महँगो, कति बढ्यो भिसा शुल्क ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतको गृह मन्त्रालयले विद्यार्थी, आगन्तुक र इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (ईटीए) आवेदनलगायत विभिन्न श्रेणीमा भिसा शुल्कमा वृद्धि गर्ने घोषणा गरेको छ। नयाँ भिसा शुल्क आउँदो अप्रिल ९ देखि लागू हुनेछ। यो वृद्धि भिसाको प्रकारअनुसार फरक–फरक हुन्छ।

बेलायतमा विद्यार्थी र आगन्तुक भिसामा उल्लेख्य वृद्धि भएको छ । ईटी रिपोर्टका अनुसार मुख्य आवेदक र आश्रित दुवैका लागि लागू हुने विद्यार्थी भिसा शुल्क हालको ४९० पाउण्डबाट ७ प्रतिशतले बढेर ५२४ पाउन्ड अर्थात् करिब ९३ हजार नेपाली रुपैयाँ हुनेछ।

Esewa
Crest

त्यस्तै, बाल विद्यार्थी भिसाको लागत पनि ५२४ पाउन्ड (करिब ९३ हजार रुपैयाँ) हुनेछ । यसअघि सन् २०२३ को अक्टोबरमा विद्यार्थी भिसा शुल्कमा एक तिहाइभन्दा बढी वृद्धि भएको थियो। ६ देखि ११ महिनासम्म चल्ने अंग्रेजी भाषा पाठ्यक्रमका लागि छोटो अवधिको अध्ययन भिसाको मूल्य ७ प्रतिशतले बढेर २०० पाउन्डबाट बढेर २१४ पाउन्ड (करिब ३८ हजार रुपैयाँ) कायम गर्ने बेलायत सरकारले घोषणा गरेको छ।

बेलायतको आगन्तुक भिसा शुल्क १० प्रतिशतले बढ्नेछ र ६ महिनाको भिसाको लागत ११५ पाउन्डबाट बढेर १२७ पाउन्ड (करिब साढे २२ हजार रुपैयाँ) कायम हुनेछ। त्यस्तै २, ५ र १० वर्ष लामो अवधिको भ्रमण भिसा पनि महँगो हुनेछ। जसको शुल्क क्रमशः ४७५ पाउन्ड (८४ हजार रुपैयाँ, ८४८ पाउन्ड (१ लाख ५० हजार रुपैयाँ र १ हजार ५९ पाउन्ड (करिब १ लाख ८८ हजार रुपैयाँ) पुग्नेछ।

प्रत्यक्ष एयरसाइड ट्रान्जिट भिसा शुल्क ३९ पाउन्ड (साढे ६ हजार रुपैयाँ बढी) हुनेछ। जब कि ल्यान्डसाइड ट्रान्जिट भिसा शुल्क ७० पाउन्ड (करिब साढे १२ हजार रुपैयाँ) हुनेछ। बेलायत भ्रमण गर्न भिसा आवश्यक नपर्ने नागरिकका लागि आवश्यक ईटीए शुल्क ६० प्रतिशतले बढेर १६ पाउन्ड पुग्नेछ।

बेलायत सरकारले अप्रिल २ देखि ईयूका नागरिकका लागि विस्तार गर्नुअघि जनवरीमा यो परिवर्तनको संकेत गरेको थियो। ब्रिटिस एजुकेशनल ट्राभल एसोसिएसन (बीईटीए)की कार्यकारी निर्देशक एम्मा इंग्लिसले यी परिवर्तनको प्रभावबारे चिन्ता व्यक्त गरेकी छन्। उनले भनिन्, ‘ब्रेक्जिटपछिको सरकारी नीतिले अन्तर्राष्ट्रिय विद्यालय समूहहरुलाई परिचयपत्रको सट्टा राहदानी प्रयोग गर्न आवश्यक हुनेछ, जसका कारण समूह यात्रामा कमी आएको छ। ईटीएको बढ्दो लागतले अर्को बाधा खडा गर्छ, जसले यस क्षेत्रका चुनौतीलाई थप गर्छ।’

वर्किङ भिसा श्रेणीहरु पनि प्रभावित छन्। तीन वर्ष वा सोभन्दा कम समयका लागि वैध दक्ष कामदार भिसाको शुल्क ७१९ पाउन्डबाट बढेर ७६९ पाउन्ड (१ लाख ३६ हजार रुपैयाँ बढी) कायम हुनेछ। जब कि तीन वर्षभन्दा बढी अवधिका लागि आवेदन शुल्क १ हजार ४२० पाउन्डबाट बढेर १ हजार ५१९ पाउन्ड (करिब पौने ३ लाख रुपैयाँ) कायम हुनेछ।

इनोभेटर फाउन्डर भिसाको लागत १ हजार २७४ पाउन्ड कायम हुनेछ। यसमा ८३ पाउन्ड वृद्धि हुनेछ। जब कि टियर १ इन्भेस्टर भिसाको लागत १ हजार १६० पाउन्डबाट बढाएर २ हजार पाउन्ड कायम हुनेछ। आश्रित आफन्तको भिसा शुल्क ३ हजार २५० पाउन्डबाट बढेर ३ हजार ४१३ पाउन्डसम्म कायम हुनेछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS