काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक १६.६७ अंकले बढेर २५०३.८५ को विन्दुमा उक्लिएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १० वटा समूह बढेका छन् भने ३ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक १.१६ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक ०.३४ प्रतिशतले घटेको छ।
आज बजारमा १६३ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन ७८ कम्पनीको शेयरभाउ घट्दा ८ वटाको स्थिर रहेको छ।
बजारमा आज पौने ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः २८ करोड १० लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः २५ करोड ३६ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः १६ करोड ९७ लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः ९ करोड २१ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ९ करोड रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः ८ करोड १९ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ७ करोड ७ लाख रुपैयाँ
- शिवम सिमेन्टः ७ करोड रुपैयाँ
- ग्लोबल आइएमई बैंकः ६ करोड ८४ लाख रुपैयाँ
- सानिमा रिलायन्स लाइफको संस्थापक शेयरः ५ करोड ९९ लाख रुपैयाँ

















