काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २७ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन तोलामा १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ । गत चैत ३१ गते चाँदी प्रतितोला १९ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।