काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २२ दशलमव ०४ अंकले बढेर २,७०५ को विन्दुमा कायम भएको छ । आज १९९ कम्पनकिो शेयर मूल्य बढेको छ भने ४९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बरुण हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव २१ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव २८ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया बैंकका लगानीकर्ताले ३ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।


















