IME Life New

बलेफी हाइड्रोपावरको अवितरित हकप्रद खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज फागुन १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन तथा बिक्री गरेको हकप्रद शेयरमा आवेदन नपरेको हकप्रद शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो।

कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता र सर्वसाधारण समूहको लकईनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र लकईनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता गरी कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितिरत हकप्रद शेयर लिलाम बिक्री गरेको हो।

Esewa
Crest

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा १० अंकले भाग जाने संख्यामा वा नियामक निकायले तोकिएको प्रतिव्यक्ति सीमाको अधिनमा रहने गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले एनआइएमबि एस क्यापिटल, लाजिम्पाट, काठमाडौँका साथै पोखरा, बुटवल, वीरगंज र विराटनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS