IME Life New

पियोर इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पियोर इनर्जीको आइपीओ भर्ने आज चैत ५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत फागुन २० गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका स्थानीयका लागि निष्कासन गरेको छ।

Esewa
Crest

यसैगरी कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख ४४ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ। स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपाली आज चैत ५ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले अधिकतममा १६ हजार कित्ता र वैदेशिक रोजारीमा रहेका नेपालीले अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

पियोर इनर्जीको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ। स्थानीयले आयोजनास्थल, नबिल बैंकका कोहलपुर र नेपालगन्ज शाखा कार्यालय, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगन्ज र बीपीचोक शाखा कार्यालय तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगन्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS