IME Life New

हिम स्टार ऊर्जाको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आइपीओमा आवेदन दिने आज असार १३ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत जेठ ३० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय र तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। अब यो आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Esewa
Crest

कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँबराबरको ११ लाख १९ हजार कित्ता शेयर जारी गर्ने अनुमति पाएको छ। जसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री खुला गरिएको छ।

यो शेयरमा ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नं. ८ (साविक भुसिंगा गाविसका सम्पूर्ण वडा) तथा सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नं. २ (साबिक गोली गाविस वडा नं. १, २, ३, ४, ५) का बासिन्दाले आवेदन दिन सक्नेछन्।

यसैगरी कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ९३ लाख २५ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९३ हजार २५० कित्ता साधारण शेयर विदेशमा रोजगारमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ।

दुवै समूहले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

स्थानीयले सिटिजन्स बैंक इन्टरनेसनलको लिखुपिके शाखा, ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आइपीओ जारी गर्न गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS