IME Life New

स्थानीय र वैदेशिक रोजगारमा रहेकाले विकास हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गरेको आइपीओमा आवेदन दिने आज जेठ २० गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत जेठ ६ गतेबाट पहिलो चरणको आइपीओ जारी गरेको थियो। आज बैंकिङ समयसम्म आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले यो आइपीओमा आवेदन दिन सक्नेछन्।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डबाट विकास हाइड्रोपावरले जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपैयाँको ४९ प्रतिशतले हुन आउने ४४ करोड ५४ लाख ५९६ कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको छ। कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र सार्वजनिक निष्कासनको १० प्रतिशतले हुन आउने १० प्रतिशतले हुन आउने ३ लाख ५४ हजार ५५० कित्ता शेयर बिक्री खुला गरेको छ।

आयोजना प्रभावितलाई छुट्याइएको कुल कित्तामध्ये अति प्रभावित क्षेत्र गोरखाको धार्चे गाउँपालिका वडा नं. ४ र ५ बासिन्दालाई ४० प्रतिशत र प्रभावित क्षेत्रका धार्चे वडा नं. १, २, ३, ६ र ६ का बासिन्दालाई ६० प्रतिशत छुट्याइएको छ। स्थानीयले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको काठमाडौंस्थित कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइनमार्फत र धार्चेस्थित हिमालयन बैंकको शाखा तथा आरुघाटस्थित प्रभु बैंकको शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारमा रहेका नेपालीले भने धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। विकास हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS