IME Life New

सोलु हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोलु हाइड्रोपावरले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आइपीओ पर्ने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानी र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्कासन बन्द भइसकेको छ। अब आयोजना प्रभावित स्थानीयका लागि आज साँझ बैंकिङपछि आइपीओ जारी अवधि बन्द हुने भएको हो।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई १०० रुपैयाँ अंकित दरका २ करोड कित्ता आइपीओ जारी गर्न अनुमति दिएको छ। पहिलो चरणमा कम्पनीले सोलुखुम्बु जिल्लाको आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको १ करोड कित्तामध्ये आयोजना अतिप्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. १ को बासिन्दाका लागि ४० लाख कित्ता तथा सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाको अतिप्रभावित वडाबाहेक अन्य वडालाई ६० प्रतिशत अर्थात ६० लाख कित्ता आइपीओ बिक्री खुला गरेको छ।

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन ग्लोबल आइएमई बैंकको सल्लेरी र सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले र सोलुखुम्बु शाखा तथा आयोजनास्थल तिंगलामा दिन सकिन्छ।

सोलु हाइड्रोको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS