IME Life New

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने आज चैत ३ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत फागुन २७ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। सर्वसाधारणले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्।

Esewa
Crest

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार शनिबार साँझ ५ बजेसम्म यो आइपीओमा १६ लाख १८ हजार ९७८ जनाबाट १ करोड ९६ लाख ४३० कित्ता शेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १३.२८ गुणा बढी हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

0%
sad

दु :खी

86%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS